कोरोनाभाइरस: सी जिन्पिङ सङ्क्रमणको केन्द्रविन्दूमा पुग्नुको अर्थ

सी जिन्पिङ

तस्बिर स्रोत, xinhua

    • Author, स्टेफन मक्डोनल
    • Role, चीन संवाददाता, बीबीसी
  • Published

कम्युनिष्ट पार्टीका महासचिव सी जिन्पिङ वुहान पुगेका तस्बिरहरूलाई चिनियाँहरूमा आत्मविश्वास भर्ने कदमभन्दा बढी अर्थले हेरिनेछ।

त्यसको अर्थ कोरोनाभाइरस आपत्काल अहिले धेरैजसो नियन्त्रणमा आइसक्यो भन्ने हो।

यो देशव्यापी रूपमा 'हरियो बत्ती'जस्तो हो।

सन्देश

यो 'सामान्यीकरण'तर्फको गति अब तीव्र गतिमा जानुपर्छ भन्ने सन्देश दिने एउटा तरिकासमेत हो।

जब देशका सबैभन्दा महत्त्वपूर्ण व्यक्ति भाइरसको केन्द्रविन्दु रहेको तनावग्रस्त ठाउँमा पुग्न सक्छन् भने नि:सन्देह अन्य शहरमा समेत मानिसहरू काममा फर्कन सक्छन्।

सि जिन्पिङ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, यो 'सामान्यीकरण'तर्फको गति अब तीव्र गतिमा जानुपर्छ भन्ने सन्देश दिने एउटा तरिकासमेत हो।

अन्य धेरैजसो शहरहरूमा अहिले नयाँ सङ्क्रमणका घटना शून्यमा झरेको छ।

सी जिन्पिङले हालै निर्माण गरिएको हुओशेशान क्वारन्टीनको वार्डमा बसेका बिरामीलाई भिडिओमार्फत भेटेका थिए।

अब के होला?

देशका सर्वोच्च नेता त्यहीँ पुगेर अङ्गालो मार्छन् भन्ने सोच्नु निकै परको कुरा हो।

उनलाई सङ्क्रमणको केन्द्रविन्दु रहेको शहरमा देखियो भन्नुको अर्थ हुबे प्रान्तका केही ठाउँहरू अब छिट्टै खुल्छन् भन्ने हो।

कम्तीमा प्रान्तभित्रै यातायात चल्न सक्छन्। पसलहरू खुल्ने क्रम बढ्नेछ।

चीनका अन्य ठाउँमा भने जनजीवन तीव्र गतिमा चल्न थाल्ने छन्।

coronavirus nepali banner