भारतमा दुई दुर्घटना, ६ नेपालीसहित २६ को मृत्यु

दुर्घटना

तस्बिर स्रोत, EPA/STR

तस्बिरको क्याप्शन, भारतीय विदेशमन्त्री एस जयशङ्करले दुवै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्
Published
पढ्ने समय: १ मिनेट

दक्षिणी भारतमा भएका दुईवटा छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तिमा २६ जनाको मृत्यु भएको छ।

त्यसमध्येको एउटा सडक दुर्घटनामा कम्तिमा ६ नेपालीले ज्यान गुमाएका छन् भने २३ जना घाइते भएका छन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार ३४ जना सवार रहेको सो बसका घाइतेमध्ये तीन जनको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

बुधवार राति ११ बजेतिर तामिलनाडु राज्यको सलेम नजिकै उक्त दुर्घटना भएको थियो।

तिर्थयात्री

नयाँ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले मृतक र घाइते सुनसरी एवम् मोरङ जिल्लाका भएको बताए।

तीर्थयात्री सवार बस कन्याकुमारीबाट बङ्‍गलुर फर्किरहेको थियो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

दुर्घटनामा परेका यात्रुहरू दुई साताअघि विराटनगर-जोगबनी नाका हुँदै भारत प्रवेश गरेका थिए।

दिल्लीस्थित नेपाली दूतावासले मृतकका परिवारलाई खबर गरिएको र उनीहरू चाँडै सलेम पुग्ने जनाएको छ।

त्यसबाहेक शव फिर्ता गर्ने प्रकिया अघि बढाउन नेपाली दूतावासले भारतको विदेश मन्त्रालय र तामिलनाडूको स्थानीय निकायसँग समन्वयन गरिरहेको जनाएको छ।

भारतीय विदेशमन्त्री एस जयशङ्करले दुवै दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारप्रति श्रद्धान्जली र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।