व्यायाम गर्न वृद्धवृद्धाको ओइरो
Published
सन्तुलित जीवनशैलीले शरीर स्वस्थ राख्नका लागि आधार तयार गर्छ।
शरीर स्वस्थ राख्नका निम्ति नियमित व्यायाम गर्नुपर्छ जसले शरीरको अङ्गलाई मजबुत बनाउनुका साथै रोगसँग लड्न शक्ति प्रदान गर्छ।
यसैलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले टोलटोलमा व्यायामशाला खोलेको जनाएको छ।
नियमित व्यायामले आफूहरूले विभिन्न स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्ति पाएको र शरीर फुर्तिलो भएको भक्तपुरवासीले बताए।
नि:शुल्क व्यायाम गर्नका लागि बालबालिकादेखि वृद्धवृद्धाको समेत घुइँचो लाग्ने गरेको छ।
हालसम्म १३ स्थानमा व्यायामशाला खोलिएको र नौ स्थानमा थप्न लागेको नगरपालिकाका मेयर सुनील प्रजापतीले बताए।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि:


