मोदीले स्वीकारे विराट कोहलीले दिएको व्यायाम चुनौती

तस्बिर स्रोत, Getty Images
भारतमा केही दिनदेखि उच्चपदस्थ व्यक्ति तथा खेलाडीहरूले ट्विटरमा व्यापक रूपमा चलेको एउटा लहरअनुसार आफूले व्यायाम गरेको भिडिओ एकपछि अर्को गरी सम्प्रेषित गरेका छन् ।
सामाजिक सञ्जालको भाषामा 'ट्रेन्ड' भनिने यो लहर खेलमन्त्री राज्यवर्धन राठोरले आफूले व्यायाम गरेको भिडिओ राखेर अरूलाई पनि त्यस्तै गर्न चुनौती दिएपछि सुरु भएको हो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
राठोरले नामै तोकेर चुनौती दिएपछि भारतीय क्रिकेट खेलाडी विराट कोहलीले त्यो चुनौती स्वीकारे।
आफ्नो भिडिओ राख्ने क्रममा कोहलीले फेरि नामै तोकेर प्रधानमन्त्री मोदीलाई उक्त चुनौती दिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
प्रधानमन्त्री मोदी पनि के कम!
उनले आफूले सो चुनौती स्वीकार गरेको जनाएका छन्।
प्रतिक्रिया
राठोरको ट्वीटलाई हजारौँ पटक रिट्विट गरिएको छ। त्यसले बाक्लै प्रतिक्रिया प्राप्त गरेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
प्रतिक्रियास्वरूप केही भारतीय मन्त्रीहरूले पनि उस्तै भिडिओ राखेका छन्।
बलिवुडका अभिनेता ऋतिक रोशन, भारतीय महिला क्रिकेट टोलीकी कप्तान मिथाली राज अनि अन्य खेलाडीले पनि त्यस्तै गरी आफूहरूले व्यायाम गरिरहेको भिडिओ राखेका छन्।
गत मार्चमा प्रधानमन्त्री मोदीले 'स्वस्थ भारत' अभियानको आह्वान गरेका थिए। उनले खासगरी योगको फाइदा उल्लेख गरेका थिए।
उनले योगाभ्याससँग सम्बन्धित सामग्री आफ्नो सामाजिक सञ्जालका खातामा प्रेषित गर्ने गरेका छन्।
खेलमन्त्री राठोरले पनि उनको अभियान प्रधानमन्त्रीको स्वस्थ भारतको उद्देश्यप्राप्तिका लागि सहायक हुने ठानेका छन्।