हात छैनन् तर खुट्टाले नै कम्प्युटर चलाउँछिन् नायब सुब्बा सुशीला ढकाल
Published
जन्मजात दुवै हात नभएकी सुशीला ढकाल सरकारी कर्मचारी हुन्। स्याङ्जाकी ढकाल अहिले आन्तरिक राजस्व कार्यालयमा नायब सुब्बाका रूपमा कार्यरत छिन्।
पाँच वर्षअघि प्रेमविवाह गरेकी उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। उनी लेख्नेदेखि कम्प्युटर चलाउनेसम्म सबै काम खुट्टाले गर्छिन्।
शारीरिक अपाङ्गता भए पनि आत्मविश्वास र अवसर पाए कुनै कुरामा पछि नपरिने उनको अनुभव छ।
सरकारले उनीसमेत ४० उत्कृष्ट निजामती कर्मचारीलाई हालै सम्मान गरेको थियो।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि