ब्रेक्जिट विवाद: सर्वोच्च अदालत भन्छ, 'संसद् निलम्बन गर्ने निर्णय अवैधानिक'
Published
ब्रिटेनको सर्वोच्च अदालतले संसद् निलम्बन गर्न ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको निर्णय अवैधानिक भएको निर्णय सुनाएको छ।
युरोपेली सङ्घ ईयूबाट ब्रिटेनलाई बिना कुनै सहमति बहिर्गमन गराउन उनले पाँच हप्ताका लागि संसद् निलम्बन गरेका थिए।
नो-डील ब्रेक्जिटका लागि सांसदहरूलाई रोक्नु अनुचित भएको न्यायाधीशहरूको धारणा छ।
अब के होला?
हेर्नुहोस् यो भिडिओ।
