पाकिस्तानमा भूकम्प: मृत्यु हुनेको सङ्ख्या कम्तीमा २२

भिडिओ क्याप्शन सुरु हुँदैछ, पाकिस्तानमा भूकम्प
Published
पढ्ने समय: २ मिनेट

पूर्वी पाकिस्तानमा ५.८ म्याग्निट्यूडको भूकम्प जाँदा कम्तीमा २२ जनाको ज्यान गएको र तीन सय जनाभन्दा बढी मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

भूकम्पको केन्द्रबिन्दु पाकिस्तान-प्रशासित कश्मीरको मिरपुरनजिकै रहेको बताइएको छ।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा मुख्य सडकमा ठूलो क्षति पुगेको र घरहरूमा आंशिक क्षति पुगेको देखिन्छ।

क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन। उक्त क्षेत्रमा सन् २००५ मा भूकम्प जाँदा हजारौँ मानिसको ज्यान गएको थियो।

अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले उक्त भूकम्पको ५.८ म्याग्निट्यूड भएको जनाएका छन्। भूकम्पको धक्का भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको थियो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तानप्रशासित कश्मीरमा पनि मङ्गलवार अपराह्ण भूकम्प महसुस भएको थियो।

भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

पाकिस्तानका सेना प्रमुखले प्रभावित क्षेत्रमा तत्काल उद्धारकार्य थाल्न निर्देशन दिएको सेनाका प्रवक्ताले ट्विटमार्फत् बताएका छन्।

बीबीसी उर्दूका अनुसार धक्का महसुस गरिएको एउटा क्षेत्र मिरपुरका प्रहरी अधिकारीले त्यहाँ चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

मिरपुर पाकिस्तान-प्रशासित कश्मीरमा पर्छ।

हताहत हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताइएका छन्।

भुकम्प
भूकम्प

थुप्रैतिरबाट जमिन चिरा परेका र घरहरू भत्किएका तस्बिरहरू आएका छन्।

भारतको राजधानी नयाँदिल्ली सहित भारतका थुप्रै शहरमा समेत धक्का महसुस गरिए पनि अहिलेसम्म त्यहाँ हताहतीको खबर भने नआएको बीबीसी हिन्दीले जनाएको छ।

क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

Map