भूकम्प: केन्द्रविन्दु भक्तपुर,'गोरखा भूकम्पकै परकम्प'

शनिवार अपरान्ह आएको भूकम्प ४.६ म्याग्निच्युडको भएको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
अपरान्ह ४ बजेर १५ मिनेटतिर आएको सो भूकम्पको केन्द्रविन्दु भक्तपुरको दूधपाटी क्षेत्रमा रहेको बताइएको छ।
उक्त केन्द्रका अनुसार त्यसले कुनै क्षति पुर्याएको विवरण आएका छैनन्।
केन्द्रका उपसचिव वेदनिधि खनालले भने, "स्थिति सबै सामान्य नै भएको जानकारी भक्तपुरका प्रमुख जिल्ला अधिकारीले दिनु भएको छ।"
गोरखा भूकम्पका परकम्प
केन्द्रले शनिवारको भूकम्प पनि परकम्प नै रहेको जनाएको छ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाका अनुसार शनिवारको झट्का २०७२ सालको भूकम्पकै परकम्प हो।
उनले बीबीसीसँग भने, "पहिला जोडले हल्लाएर स्थिर भएपछि त्यसको असर अझै देखिइरहेको छ। यो झट्का पक्कै पनि त्यसकै परकम्प हो। अर्थोक सोच्नु आवश्यक नै छैन।"
बहत्तर साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको चार वर्ष नाघिसक्दा पनि नेपालमा त्यसको परकम्पको शृङ्खला रोकिएको छैन।
यस अवधिमा गोरखा र त्यहाँबाट पूर्व दोलखासम्म केन्द्रविन्दु भएर करिब ४५ हजार परकम्प गएका छन्।
धेरैजसो परकम्प दोलखा, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गएका छन् भने धादिङ, नुवाकोट, रसुवा तथा काठमाण्डू उपत्यकामा केन्द्रविन्दु भएका परकम्पको सङ्ख्या पनि उल्लेख्य छ।
भूकम्पको झट्का महसुस भएलगत्तै थुप्रैले सामाजिक सञ्जालमा त्यसको चर्चा गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

X पोस्ट समाप्त, 2

X पोस्ट समाप्त, 3

X पोस्ट समाप्त, 4