मुम्बई वर्षा: मुसलधारे पानीपछि भारतमा १५ को मृत्यु, कैयौँ घाइते

तस्बिर स्रोत, Getty Images
मुसलधारे वर्षाका कारण भारतको मुम्बईमा १५ जनाको ज्यान गएको छ।
अविरल वर्षाका कारण महानगरको रेल, सडक र हवाई यातायात सेवाहरू अस्तव्यस्त हुन पुगेका छन्।
मुम्बईको पहाडी भेगमा अवस्थित एक विपन्न बस्तीमा सोमवार राति पर्खाल ढल्दा १५ जनाको ज्यान गएको बताइएको छ। अन्य ७० जना घाइते भएको विवरण आएको छ।
मृतक तथा घाइतेहरूमा मलाड क्षेत्रको एक निर्माणस्थलमा खटिएका मजदुरहरूको रहेको बताइएको छ।
सार्वजनिक विदा
पानी पर्ने क्रम नरोकिएपछि महानगरका विभिन्न क्षेत्र डुबानमा परेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
नगर अधिकारीहरूले महानगरवासीलाई घरभित्रै रहन आग्रह गरेका छन्।
यातायात र अन्य सञ्जाल अस्तव्यस्त हुन पुगेका कारण अधिकारीहरूले मङ्गलवार सार्वजनिक बिदा दिएका छन्।
डुबान किन?
लगभग हरेक वर्ष मनसुनी वर्षाको बेला मुम्बईमा डुबानको समस्या दोहोरिने गर्दछ।
पानी बहने ढलहरू टालिएका कारण धेरै स्थानमा डुबानको समस्या उत्पन्न हुने गरेको छ।

तस्बिर स्रोत, Getty Images
विज्ञहरूका अनुसार जथाभाबी निर्माण र खराब शहरी योजनका कारण मुम्बईमा डुबानको समस्या जटिल बन्ने गरेको हो।
भारतको पश्चिम तटमा अवस्थित मुम्बईलाई सातवटा टापु जोडेर बनाइएको महानगर मान्ने गरिएको छ।
शहरको एकातिर समुद्र छ भने अर्कोतिर खाडी क्षेत्र छ जहाँ पानी जमिरहेको हुन्छ। कुनै बेला यी द्वीपहरूमा २२ वटा पहाड रहेको विश्वास गरिन्छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
कुनै बेला पहाडी क्षेत्रको पानी बगेर खाडीमा पुग्ने गर्दथ्यो। तर अहिले ढल तथा नालहरू टालिने समस्याका कारण पानी सजिलै बगेर जान सक्दैन।
विज्ञहरूका अनुसार समुद्र र जमिनको बीचमा रहेको मङ्ग्रभ फरेस्ट अर्थात 'दलदली वन' नासिनु, वर्षाको बेला समुद्रमा ठूला छाल आउने र नगरको ढल निकास सञ्जाल चुस्त दुरुस्त बनाउन महानगर प्रशासन विफल भएका कारण पनि मुम्बईमा डुबानको समस्या बर्सेनि हुने गरेको हो।




















