खतरनाक जादु: हातखुट्टा बाँधेर नदीमा पसेका भारतीय जादुगर
Published
भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि मृत फेला परेका छन्।
पश्चिम बङ्गालको कोलकातास्थित हुग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो। तर उनी पानीभित्रै हराए।
छवटा ताला लगाइएको साङ्लोले उनको हातखुट्टा बाँधिएको थियो। उनलाई एउटा डुङ्गाबाट पानीमा ओरालिएको थियो।
लाहिरीले आफूले देखाउन लागेको जादु खतरनाक भन्दै भनेका थिए: "मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ। मैले गल्ती गरेँ भने यो दु:खान्त हुन्छ।"
हेर्नुहोस् लाहिरीका अन्तिम वाक्यहरू र जादुको प्रयासको भिडिओ -