मोटरसाइकल स्टन्ट र रेसमा रमाउने नर्स
Published
दीपा श्रेष्ठले नर्सिङ र मनोविज्ञान पढिन्। तर उनी दुईपाङ्ग्रे साधन प्रयोग हुने साहसिक खेलतिर पनि आकर्षित भइन्।
पहिला लुकीलुकी गर्न थालेको अभ्यासले उनलाई अहिले स्टन्ट राइडर र रेसरको परिचय दिएको छ। यसमा उनलाई गौरवको अनुभूति पनि हुन्छ।
उनी भन्छिन् - 'म पनि गर्नसक्छु' भन्ने हुन्छ, 'सुरक्षित भएर चलाउन सक्छु' भन्ने हुन्छ।