तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मण्डेलाको नयाँ संस्मरण सार्वजनिक
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको आत्मवृत्तान्त 'लंग वाक टु फ्रिडम' को नयाँ संस्मरण जोहानेस्वर्गमा सार्वजनिक भएको छ।
'डेयर नट लिंगर' नामक यो पुस्तकमा मण्डेलाले आफ्नो मृत्यु हुनुअघि पूरा गर्न नसकेका सामग्रीहरु समावेश छन्।
विरामी हुनुअघि उनले कार्यालयमा आफूले बिताएको समयबारे १० वटा भागमा लेखेका थिए।
हस्तलिखित मस्यौदा
मण्डेलाले पूरा गर्न नसकेको किताबको हस्तलिखित मस्यौदालाई दक्षिण अफ्रिकाका सफल उपन्यासकार मण्ड्ला लंगाले पूरा गरेका हुन्।
उनले अन्तर्वार्ता र आफ्नै अनुसन्धानको सहायताले यो पुस्तक लेखन पूरा गरेका हुन्।
पूर्व राष्ट्रपतिले उमेर र स्वास्थ्यका कारणले पुस्तक पूरा गर्न सकेका थिएनन्।
उनको मृत्यु सन् २०१३ मा भएको थियो।
संघर्ष
किताबको शिर्षक मण्डेलाको चर्चित आत्मवृत्तान्त 'लंग वाक टु फ्रिडम'को अन्तिम वाक्य "स्वतन्त्रतासँगै जिम्मेवारी आउँछ, र यसलाई लम्ब्याउने आँट म गर्दिन किनकी मेरो लामो यात्राको अन्त्य भएको छैन" बाट लिइएको हो।
उनको आत्मवृत्तान्त विश्वभर १ करोड ४० लाख प्रति बिकेको थियो भने पछि त्यसलाई चलचित्रमा पनि उतारिएको थियो।
दक्षिण अफ्रिकामा अल्पसंख्यक गोरा जातीहरुको शासनविरुद्ध लड्दा मण्डेला २७ वर्ष जेलमा बसेका थिए।
सन् १९९४ मा उनी देशको पहिलो निर्वाचित राष्ट्रपति बने र एक कार्यकाल राष्ट्रपतिको रुपमा उनले बिताए।