'माओवादीका सबै मन्त्री जिम्मेवारीबाट मुक्त'
Published
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको एउटा मुख्य दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारी विहीन बनाइदिएका छन्।

प्रधानमन्त्री निकट कांग्रेस नेता विमलेन्द्र निधिले बीबीसीलाई दिएको जानकारी अनुसार उनीहरु सबैलाई विना विभागीयमन्त्रीमा सीमित गरेका हुन्।
माओवादी मन्त्रीहरुले सम्हाल्दै आएका दुई प्रमुख मन्त्रालय गृह र परराष्ट्र आफैँले राखेको उनले जानकारी दिए।
भर्खरै सरकारमा सहभागी भएका राप्रपाका विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी तोकेको निधिको भनाइ छ।
मंगलवार दिउँसो माओवादीले सरकारबाट फर्किने आफ्नो पूर्व तयारीबाट पछि हट्ने निर्णय लिएको थियो।
गृहमन्त्रीको रुपमा दिउँसो पत्रकार सम्मेलन गर्दै जनार्दन शर्माले 'निर्वाचन सार्ने प्रपञ्चबारे सूचना पाएपछि आफ्नो दलले तत्काल सरकार नछाड्ने निर्णय गरेको' बताएका थिए।



















