स्थानीय तह निर्वाचनः अधिकांश स्थानमा मतदान सम्पन्न, 'झन्डै ६४ प्रतिशत मत खस्यो'

नेपालमा आज देशका ७५३ स्थानीय तहका लागि भएको निर्वाचनमा एक करोड ७७ लाखभन्दा बढी मतदाता थिए।

लाइभ कभरेज

  1. निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आह्वान

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर सबै मतदातालाई मतदान गर्न आह्वान गरेका छन्।

    नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताहरूलाई एसएमएस पठाउँदै शुक्रवार बिहान उनले त्यस्तो आग्रह गरेका हुन्।

    थपलियाले पठाएको सन्देशमा भनिएको छ, "निर्धक्क भएर मतदान गर्नुहुन म सम्पूर्ण मतदाताहरूलाई हार्दिक अपिल गर्दछु।"

    प्रमुख निर्वाचन आयुक्तको सन्देश
  2. निर्वाचनमा 'नो भोट'को व्यवस्था किन भएन?

  3. बिहानैदेखि मतदाता लामबद्ध

    बिहान ७ बजे सुरु भएको मतदानमा सहभागी हुन त्यसअगावै बिहानैदेखि मतदाताहरू लामबद्ध भएको हाम्रो संवाददाताहरूले जनाएका छन्।

    भरतपुरमा लामबद्ध महिला मतदाताहरू
    तस्बिरको क्याप्शन, भरतपुरमा लामबद्ध महिला मतदाताहरू
    झापामा पनि बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा पुगेका छन्
    तस्बिरको क्याप्शन, झापामा पनि बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा पुगेका छन्
    मतदाता
    तस्बिरको क्याप्शन, आफूलाई ८० वर्षीय बताउने लछिरिङ तामाङले मतदान केन्द्र जाँदै गरेको बताए
    विराटनगर
    तस्बिरको क्याप्शन, मोरङको एक मतदान केन्द्रमा मतदान सुरु हुनुअगाडि नै मतदाताहरू लामबद्ध हुन सुरु गरिसकेका छन्
  4. स्वागतम्

    नमस्कार। शुभ प्रभात।

    आज वैशाख ३० गते शुक्रवार देशभर स्थानीय तह सदस्य निर्वाचन हुँदैछ।

    कुल ७५३ स्थानीय तहका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्नसक्ने निर्वाचन आयोगले जनाएको छ।

    यो चुनावमा ५५,६९८ महिलासहित कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार रहेका छन्।

    आज दिनभर हामी यो लाइभ पेजमा निर्वाचनसम्बन्धी अद्यावधिक सामग्री अपडेट गर्ने छौँ।