रुसले युद्ध अपराध गर्यो: जेलेन्स्की
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले घेराबन्दीमा परेको मारिओपोल सहरमा रहेको प्रसूति तथा बाल अस्पतालमा बम विष्फोट गराएर युद्ध अपराध गरेको आरोप लगाएका छन्।
राजधानी किएभबाट भिडिओ सम्बोधन गर्दै उनले उनले त्यस्तो बताएका हुन्।
एकजना क्षेत्रीय गभर्नरले त्यहाँ कम्तिमा १७ जना घाइते भएको बताएका छन्। भिडियो फुटेजमा एउटा भवनका झ्यालहरू बाहिर उडेको र नजिकै ठूला खाडलहरू बनेको देखिएको छ। विश्व स्वास्थ्य संगठनले युक्रेनमा आक्रमण सुरु भएदेखि नै त्यहाँका स्वास्थ्य संस्थामा कम्तीमा १८ विभिन्न आक्रमणहरू भएको पुष्टि गरेको बताएको छ। मारिओपोलका मेयरले रुसले बमबारी सुरु गरेदेखि यस सहरमा १२ सयभन्दा बढी सर्वसाधारण मारिएको बताएका छन्।

तस्बिर स्रोत, handout
