अस्पतालमा भएको बम आक्रमणको निन्दा, रुस-युक्रेन वार्ता युद्धविराम गराउन विफल

युक्रेनको मारिओपोलस्थित एउटा बाल अस्पतालमा रुसले हवाई आक्रमण गर्दा प्रसूति अनि बालबालिकाहरूको उपचार गरिने वार्ड ध्वस्त भएको पृष्ठभूमिमा बिहीवार रुस र युक्रेनका विदेशमन्त्रीहरू टर्कीमा भेटेका थिए।

लाइभ कभरेज

  1. रुसी र युक्रेनी विदेशमन्त्रीको वार्ता युद्धविराम गराउन विफल

    कुलेबा र लाभ्रोभ

    तस्बिर स्रोत, Reuters

    रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको युक्रेनले बताएको छ।

    उक्त भेटपछि बोल्दै युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरह भएको बताए।

    लाभ्रोभले रुसको सैन्य कारबाही योजानाअनुरूप नै चलिरहेको दाबी गरे।

    युक्रेनलाई हतियार दिएर उनले पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको उनले बताए।

    कसले के भने?

    कुलेबाले युक्रेनी भूमिमा मानवीय सहायताका मुद्दामा समाधान खोज्ने प्रयास जारी राख्न दुई पक्ष सहमत भएको बताए।

    उनले ‘तात्विक छलफल र समाधान खोज्ने परिदृश्यमा त्यसो भएमा’ आफू पुन: भेट्न तयार रहेको बताएका छन्।

    "म युद्ध अन्त्यका लागि, युक्रेनी नागरिकको पीडा अन्त्य गर्नका लागि र हाम्रो भूभागलाई हस्तक्षेपकारी रुसी फौजबाट मुक्त पार्न यस्तो संलग्नता जारी राख्न चाहन्छु।"

    लाभ्रोभले "मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरता" बारे छलफल भएको बताए।

    उनले सर्वसाधारणहरूलाई बन्धक बनाइएको रुसी दाबी दोहोर्‍याउँदै "तथाकथित स्थल प्रतिरक्षा फौज" ले त्यसो गरेको बताए।

    युक्रेन
    तस्बिरको क्याप्शन, युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबा

    कुलेबाले दुईवटा कार्यलाई प्राथमिकता दिनुपर्छ - मारिओपोलबाट मानिसहरूलाई अन्यत्र जान दिने निकाासमार्ग र २४ घण्टे युद्धविराम।

    लाभ्रोभले क्रेम्लिनका निर्णयकर्तासम्म त्यो कुरा पुर्‍याउने अपेक्षा व्यक्त गरे।

    रुससँग इच्छा नभए युद्ध रोक्न नसकिने उनको भनाइ थियो।

    लाभ्रोभले रुसको सुरक्षा चासोप्रति कसैले वास्ता नगरेको भन्दै अमेरिकाले युक्रेनी भूमिलाई जैविक अस्त्र विकास गर्न प्रयोग गरेको आरोप लगाए।

    युक्रेनस्थित एउटा अस्पतालमा गरिएको रुसी आक्रमणबारे भइरहेको निन्दाबारे प्रतिक्रिया दिँदै उनले विश्वभरि सार्वजनिक मतलाई प्रभावित पारिएको दाबी गरे।

    उनले रुसविरुद्ध लगाइएका प्रतिबन्ध खेप्ने बताउँदै आफ्नो देशल यो सङ्कटबाट मुक्त हुने दाबी गरे।

  2. युक्रेनी नागरिकलाई मानवढालका रूपमा प्रयोग गरिएको आरोप

    लाभ्रोभ

    रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा नागरिकहरूलाई "तथाकथित स्थल प्रतिरक्षा फौज" ले "बन्दी" बनाएको र उनीहरूलाई "मानवढाल"का रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।

    युक्रेनी समकक्षीसँग टर्कीमा भेट गरेपछि बोल्दै उनले त्यसो भनेका हुन्।

    युक्रेनी विदेशमन्त्रीसँगको भेटमा "मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरता" बारे छलफल भएको उनले बताए।

    उनले नागरिकहरूलाई अन्यत्र जाने निकासमार्ग रुसले दिइरहेको दाबी गरेका छन्।

  3. रुस-युक्रेन वार्ताबाट न्यून अपेक्षा

      • Author, टम बेटम्यान
      • Role, बीबीसी मध्यपूर्व सम्वाददाता
    युक्रेन

    तस्बिर स्रोत, Reuters

    युद्धमा रहेका दुई देशका विदेशमन्त्रीहरू छुट्टाछुट्टै पुगे।

    युक्रेनी विदेशमन्त्री दिमेत्रो कुलेबालाई उनका टर्किस समकक्षीले स्वागत गरेपछि रुसका सर्गेई लाभ्रोभ आइपुगे।

    यी वार्तामा व्यापक रुचि छ।

    पत्रकार सम्मेलनस्थल आन्ताल्यामा अन्तर्राष्ट्रिय पत्रकारहरू भरिभराउ छन्।

    वार्ताहरू बन्द कोठाभित्र भएको थियो र दुवै प्रतिनिधिमण्डलले त्यो सकिएपछि पत्रकार सम्मेलन गरेका छन्।

    तर वार्ताबाट अपेक्षाहरू निकै कम छन्।

    कुलेबाले समेत त्यसै ठानेका छन्। उनले सफलता लाभ्रोभले मस्कोबाट पाउने ‘निर्देशनमा’ निर्भर रहने बताएका छन्।

    क्रेमलिनले केही दिनअघि प्रस्तुत गरेका सङ्केतबारे निकै अनुमान भए जसलाई कसैले रुसी अडानको सम्भावित लचिलोपनका रूपमा व्याख्या गरेका छन्।

    यद्यपि त्यो फगत आशा हुनसक्छ।

  4. के सर्वसाधारण नागरिकले सेनालाई रोक्न सक्छन्?

  5. ब्रेकिंग, रुसी र युक्रेनी विदेशमन्त्रीबीच टर्कीमा भेट

    युक्रेन

    तस्बिर स्रोत, Getty Images

    रुसी र युक्रेनी विदेशमन्त्रीबीच युक्रेनमा रुसी हमला सुरु भएपछिको पहिलो भेटवार्ता सुरु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

    रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबा आन्ताल्या, टर्कीमा छन्।

    टर्कीका विदेशमन्त्री मेभलुत चाभुशलु समेत उनीहरूबीचको बैठकमा सहभागी छन्।

  6. किएभनजिक युक्रेनी सेनाद्वारा प्रत्याक्रमणः रिपोर्ट

    युक्रेनी सेनाले रुसी फौजविरुद्ध राजधानी किएभमा प्रत्याक्रमण सुरु गरेको आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै युक्रेनको सरकारी प्रसारकले जनाएको छ।

    "रातिको समय त निकै कठिन थियो, तर हामी केसम्म भन्न सक्छौँ भने युक्रेनी सेनाले किएभनजिक प्रत्याक्रमण सुरु गरेको छ," भेदिम डेनिसेन्कोलाई उद्धृत गर्दै भनिएको छ।

    "हामीले पाँचवटा ट्याङ्क राख्यौँ। किएभको पश्चिमतर्फको बाहिरी भेगमा बिहान गोलाबारी भएको सुनिएको थियो। अहिले लडाइँ भइरहेको छ।"

    बीबीसीले यसको स्वतन्त्र पुष्टि गर्न बाँकी छ।

  7. छ स्थानमा निकासमार्ग बनाइँदैः जेलेन्स्की

    निकास

    तस्बिर स्रोत, Getty Images

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजको हमलाबाट जोगाउन मानव निकासका लागि विभिन्न छवटा स्थानमा निकासमार्ग पहिल्याउने प्रयास भइरहेको बताएका छन्।

    एउटा भिडिओ सन्देशमा उनले सुमी, एनर्होडार र किएभ आसपासका क्षेत्रबाट बुधवार करिब ३५,००० मानिस सुरक्षित स्थानतर्फ जान सकेको बताए।

    तर त्यो सङ्ख्या अपेक्षा गरेभन्दा निकै कम रहेको उनले उल्लेख गरे।

    बिहीवार थप तीनवटा मार्ग पहिल्याउने काम भइरहेको जेलेन्स्कीले जानकारी गराएका छन्।

  8. 'अब रक्तपात अन्त्य गर': राष्ट्रसङ्घका महासचिव

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले युक्रेनको मारिओपोलस्थित एक बालक तथा प्रसूति अस्पतालमा भएको बम आक्रमणको निन्दा गर्दै त्यसलाई "भयानक" को सङ्ज्ञा दिएका छन्।

    युद्धविराम गरिएको बेला रुसले उक्त अस्पतालमा बम आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ।

    ती आक्रमणमा परेर १७ जना घाइते भएका छन् भने बालबालिका र अरू मानिस भग्नावशेषमा पुरिएका छन्।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  9. रुसमा सेन्सरशिप र निगरानी छल्न ट्विटरको नयाँ संस्करण

    ट्विटर

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, फाइल तस्वीर

    सामाजिक सञ्जाल ट्विटरले युक्रेनमाथि रुसी अतिक्रमणबीच रुसमा निगरानी र सेन्सरशिप छल्न आफ्नो नयाँ संस्करण ल्याएको छ।

    नयाँ संस्करण चलाउन चाहने प्रयोगकर्ताहरूले टोर ब्राउजर डाउनलोड गर्नुपर्ने हुन्छ।

    टोर नेटवर्कले इन्टरनेट ट्राफिकमा प्रेषक र प्रापकबीच गोपनीयता कायम गर्ने विधि अवलम्बन गर्छ र विश्वभरि हजारौँ सर्भरमार्फत्‌ सन्देश आदानप्रदान गराउँछ।

    फेसबुक र बीबीसीसहित थुप्रै साइटहरूको पनि टोर संस्करण रहेको छ।

  10. युद्धयता रुसी-युक्रेनी विदेशमन्त्रीबीच पहिलो पटक प्रत्यक्ष वार्ता हुने

    वार्ता

    तस्बिर स्रोत, Getty Images

    रुस र युक्रेनका विदेशमन्त्रीहरूबीच टर्कीका बिहीवार वार्ता हुने अपेक्षा गरिएको छ।

    रुसले अतिक्रमण गरेयता दुई देशका विदेशमन्त्रीबीच पहिलो पटक प्रत्यक्ष वार्ता हुनेछ।

    टर्कीमा एउटा कूटनीतिक सम्मेलनको छेको पारेर विदेशमन्त्रीहरूले भेटवार्ता गर्नेछन्।

    युद्धयता दुई देशबीच यो नै पहिलो उच्चस्तरीय वार्ता हुने भए पनि नतिजाबारे खासै अपेक्षा गरिएको छैन।

  11. अमेरिकी सांसदद्वारा युक्रेनी सहायता प्याकेज पारित

    हाउस अफ रेप्रेन्टेटीभ्स

    तस्बिर स्रोत, Getty Images

    अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रेप्रिजजेन्टटीभ्सका सदस्यहरूले युक्रेनका लागि १३.६ अर्ब डलर बराबरको आपत्कालीन सहायता प्याकेज अनुमोदन गरेका छन्।

    माथिल्लो सदन सिनेट आउँदा केही दिनभित्र त्यसलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

    सहायता रकममध्ये आधार युक्रेनको रक्षा खर्च र आधा शरणार्थी सहायताका लागि दिइएको हो।

    राष्ट्रपति जो बाइडनले १० अर्ब डलर बराबरको सहायताका लागि अनुरोध गरेका थिए।

  12. झन्डै ६,००० रुसी सैनिक मारिएको अमेरिकी अनुमान

    युक्रेनी सैनिकहरूको अन्तिम संस्कार

    तस्बिर स्रोत, Getty Images

    युक्रेनमा रुसले धावा बोलेपछि दुई साताको अवधिमा झन्डै ५,००० देखि ६,००० रुसी सैनिकको मृत्यु भएको अमेरिकाले अनुमान गरेको छ।

    बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले त्यस्तो आकलन गरेका हुन्।

    मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५,००० देखि १८,००० भएको बताइएको छ। प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्याभन्दा तीनगुना हुने गर्छ।

    नाम उल्लेख गर्न नचाहने एक अमेरिकी अधिकारीका अनुसार हताहत हुने रुसी सैनिकको अनुमानित सङ्ख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको छ।

    उनले सैनिकहरूको मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही सङ्घर्षसँग तुलना गरे।

    युक्रेनले १२,००० रुसी सैनिक सङ्घर्षका क्रममा मारिएको दाबी गरेको छ। गत साता रुसले ५०० सैनिकले युक्रेनमा ज्यान गुमाएको बताएको थियो।

    तर युद्धका बेला दुवै पक्षले आफूअनुकूल प्रचार गर्ने हुँदा त्यस्ता दाबीहरू पुष्टि गर्न गाह्रो हुन्छ।

  13. सुमीमा भएको आक्रमणमा तीन सर्वसाधारण नागरिकको मृत्युः युक्रेनी अधिकारी

    सुमीमा हवाई आक्रमण भएपछिको दृश्य

    तस्बिर स्रोत, Reuters

    सुमी क्षेत्रको ओख्तीर्का नगरमा बुधवार राति गरिएको हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

    मृतकमध्ये एक १३ वर्षीय बालक र दुई महिला छन्।

    उक्त क्षेत्रका प्रशासक दिमित्रो झीभीस्त्कीका अनुसार रुसी सेनाले मध्यरातपछि बम आक्रमण गरेको थियो।

    आवासीय क्षेत्रहरू तथा एउटा ग्यास पाइपलाइ बम प्रहार भएको उनले बताए।

    रुसी सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन।

    झीभीस्त्कीका अनुसार स्थानीय समयानुसार बिहान ९ बजेदेखि सर्वसाधारण मानिसलाई सुरक्षित स्थानतिर जान निकास मार्ग दिइने अपेक्षा गरिएको छ।

    बुधवार सुमी क्षेत्रबाट ५,००० मानिस अन्यत्र गएका थिए।

    सुमी केही दिनदेखि रुसी बम आक्रमणको निसानामा परेको छ।

  14. डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा तपाईँलाई पर्न सक्ने प्रभाव के हुन्

  15. रुसी लडाकु विमानद्वारा सुमी क्षेत्रमा आक्रमण – युक्रेन

    युद्ध

    तस्बिर स्रोत, Reuters

    रुसका लडाकु विमानहरूले रातको समयमा सुमी क्षेत्रस्थित पूर्वोत्तर सहर ओचतीरख्अमा आक्रमण गरेको एक युक्रेनी उच्च अधिकारीले बताएका छन्।

    युक्रेनमा बिहीवार बिहानको १२:३० बजे आवासीय क्षेत्र अनि ग्यास पाइपलाइनमा हमला गरिएको बताइएको छ।

    त्यसको १० मिनेटपश्चात् सुमी आसपासका क्षेत्र अनि नजिकैको एक गाउँमा पनि बम आक्रमण गरिएको बताइएको छ।

    उक्त आक्रमणका कारण कुनै हताहती भए वा नभएको हालसम्म स्पष्ट हुन सकेको छैन।

    आक्रमणबारे रुसी सेनाले कुनै टिप्पणी गरेको छैन।

  16. 'बमको आवाज सुनिरहेकै थियौँ, तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो'

    युक्रेन पढ्न पुगेका सप्तरीका २१ वर्षीय राकेश चौरासिया त्यहाँको द्वन्द्व छलेर पोल्यान्ड पुग्न सफल भएका छन् र आफ्नो बाँकी अध्ययन युरोपमा नै गर्न चाहन्छन्।

    उनी सन् २०२० मा युक्रेनको खार्किभ मेडिकल न्याश्नल युनिभर्सिटीमा एमबीबीएस पढ्न गएका थिए।

    अहिले युक्रेन र रुसबीच जारी युद्धका कारण उनी जस्तै युक्रेनमा पढ्न गएका थुप्रै नेपाली विद्यार्थीहरू छिमेकी मुलुकमा पसेका छन्।

  17. रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्छः अमेरिका

    जेन साकी

    तस्बिर स्रोत, Reuters

    युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ।

    ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै "हामी सबै सतर्क हुनुपर्छ" समेत भनेको छ।

    ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी "अनर्गल" भएको बताएकी छन्।

  18. मुद्रा कोषले युक्रेनलाई आकस्मिक आर्थिक सहायता गर्ने

    युक्रेन

    तस्बिर स्रोत, Getty Images

    अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले रुसी हमलापछि उत्पन्न मानवीय र आर्थिक सङ्कटसँग जुझ्नका लागि युक्रेनलाई आकस्मिक आर्थिक सहायाता दिने भएको छ।

    उसले एक अर्ब चालिस करोड डलर बराबरको त्यस्तो सहायता उपलब्ध गराउने प्रस्तावलाई अनुमोदन गरेको हो।

    आईएमएफले उक्त युद्धका कारण पुगेको आर्थिक क्षतिसँग जुझ्न युक्रेनलाई सहायता गर्ने बताएको छ।

  19. छ हजारसम्म रुसी सेनाको मृत्यु भएको हुनसक्ने अमेरिकी अनुमान

    युक्रेनसँगको युद्धको दोस्रो हप्तासम्ममा ५,००० देखि ६,००० रुसी सेनाको मृत्यु भएको हुनसक्ने आफूहरूले अनुमान गरेको अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई बताएका छन्।

    मृत्यु भएको सङ्ख्याको तुलनामा घाइतेहरूको सङ्ख्या सामान्यतया तीन गुणा बढी हुने अनुमानका आधारमा हेर्दा १५,००० देखि १८,००० रुसी सेना घाइते भएको हुनसक्नेअनुमान गरिएको छ।

    नाम खुलाउन नचाहेका एक अमेरिकी अधिकारीले उक्त अनुमानलाई ‘‘निकै ठूलो क्षति’’ भनेका छन् र उनले मृत्यु दरलाई दोस्रो विश्व युद्धका केही लडाइसँग तुलना गरेका छन्।

    युक्रेनले भने १२,००० रुसी सेनाको मृत्यु भएको दाबी गरेको छ। तर गत हप्ता रुसले भने आफ्ना ५०० भन्दा कम सेना मारिएको जनाएको थियो।

    सेना शव

    तस्बिर स्रोत, Getty Images

  20. चालीस हजार महिला र बालबालिकाको उद्धार

    युक्रेन

    तस्बिर स्रोत, Getty Images

    एक युक्रेनी वार्ताकारले बुधवार रुसले आक्रमण गरेको क्षेत्रबाट ४० हजारभन्दा बढी महिला र बालबालिकालाई सुरक्षित स्थलमा लगिएको बताएका छन्।

    राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको पार्टीका एक सांसद डेभिड अर्खामियाले यो सङ्ख्या युक्रेनी अधिकारीहरूले आशा गरेको एक लाखभन्दा धेरै कम भएको बताए।

    उनले नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन सबैभन्दा कठिन स्थलहरू किएभ, खार्किभ र मारिओपोल वरपरका द्वन्द्वग्रस्त क्षेत्रहरू भएको बताए।

    तर सुरक्षित स्थलमा मानिसहरूलाई लाने प्रयास जारी रहने उनको भनाइ छ।

    युक्रेनी अधिकारीहरूले रुसी सेनाले नागरिकहरूलाई बाहिर निकाल्न अनुमति दिन गरिएकोयुद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्।

    रुसले पनि युक्रेनी सेनामाथि त्यस्तै गरेको आरोप लगाएको छ।

    पछिल्लो अवस्थाबारे युक्रेनी शहर इर्पिनकी एक महिलाले भनिन्-“मेरा बुवा अझै इर्पिनमा हुनुहुन्छ। सहरका सडकहरूमा शवहरू छरिएका छन्। तिनलाई कसैले उठाउन सकेका छैनन्। शवहरूलाई कुकुरले खाइरहेका छन्।”