धेरै मत पाउनेले नजित्न पनि सक्ने निर्वाचन, राष्ट्रपतीय निर्वाचनमा प्रयोग हुने चुनावी मत भनेको के हो
अमेरिकामा आमजनताबाट धेरै मत पाउने उम्मेदवार निर्वाचनमा विजयी घोषित नहुन पनि सक्छन्।
मतदाताको प्रत्यक्ष मतबाट राष्ट्रपति नछानिने भएकोले त्यो सम्भावना रहन्छ।
अमेरिकामा राष्ट्रपति प्रत्यक्ष मतबाट नभई त्यसको आधारमा हुने इलेक्टोरल कलेज अर्थात् निर्वाचक मण्डलको मतका आधारमा चयन हुन्छ।
