तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

अमेरिका निर्वाचन मतगणना परिणाम: आआफ्नो जित हुने ट्रम्प र बाइडनको दाबी, तर अहिलेसम्म नतिजामा कडा प्रतिस्पर्धा

अमेरिकाका विभिन्न राज्यमा नोभेम्बर ३ मा मतदान सम्पन्न भएपछि नतिजा आउन थालेको छ। अहिलेको ताजा अवस्था यस्तो छ।

लाइभ कभरेज

  1. धेरै मत पाउनेले नजित्न पनि सक्ने निर्वाचन, राष्ट्रपतीय निर्वाचनमा प्रयोग हुने चुनावी मत भनेको के हो

    अमेरिकामा आमजनताबाट धेरै मत पाउने उम्मेदवार निर्वाचनमा विजयी घोषित नहुन पनि सक्छन्।

    मतदाताको प्रत्यक्ष मतबाट राष्ट्रपति नछानिने भएकोले त्यो सम्भावना रहन्छ।

    अमेरिकामा राष्ट्रपति प्रत्यक्ष मतबाट नभई त्यसको आधारमा हुने इलेक्टोरल कलेज अर्थात् निर्वाचक मण्डलको मतका आधारमा चयन हुन्छ।

  2. अहिलेसम्म देखिएको अवस्था

    • नतिजामा ठूलो असर पार्न सक्ने फ्लोरिडामा कडा प्रतिस्पर्धा हुने देखिएको छ।
    • राष्ट्रपति डोनल्ड ट्रम्पले आलाबामा, इन्डिआना, केन्टकी, टेनसी, ओक्लहामा, साउथ क्यारलाइना, नोर्थ र साउथ डकोटा, आर्कन्सो र वेस्ट भर्जिनिआमा पकड कायम राख्ने सङ्केत देखिएको छ।
    • प्रतिस्पर्धी जो बाइडनले कोलराडो, कनेटिक, डेलवेअर, भर्मोन्ट, मेरील्यान्ड, न्यूजर्सी, न्यूयोर्क र वाशिङ्टन डीसीमा जित्ने सङ्केत देखिएको छ।
    • गत १०० वर्षमा सबैभन्दा धेरै सङ्ख्यामा मतदान भएको बताइएको छ र केही राज्यहरूमा मतगणना आजै नसकिने देखिएको छ।
  3. अमेरिका निर्वाचन २०२० को लाइभ पेजमा स्वागत छ

    नमस्कार। शुभ प्रभात।

    बहुप्रतीक्षित अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान सम्पन्न हुँदै गर्दा केही स्थानबाट नतिजा आउन सुरु भएको छ।

    बिहीवार दिनभरि हामी अमेरिकी निर्वाचनका ताजा सामग्रीहरू लिएर यो लाइभ पेजमा उपस्थित हुनेछौँ।