तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

अमेरिका निर्वाचन मतगणना परिणाम: आआफ्नो जित हुने ट्रम्प र बाइडनको दाबी, तर अहिलेसम्म नतिजामा कडा प्रतिस्पर्धा

अमेरिकाका विभिन्न राज्यमा नोभेम्बर ३ मा मतदान सम्पन्न भएपछि नतिजा आउन थालेको छ। अहिलेको ताजा अवस्था यस्तो छ।

लाइभ कभरेज

  1. ट्रम्पले लिए अग्रता, बाइडन पछाडि परे

    इलेक्टरल मतका हिसाबले दोस्रो ठूलो राज्य टेक्ससमा ट्रम्पले जित्ने प्रक्षेपण गरिएपछि उनले बाइडनलाई पछाडि पारेका छन्।

    टेक्ससमा ३८ इलेक्टरल मत छ।

    ताजा नतिजामा रोड आइल्यान्डमा बाइडन र आइओवामा ट्र्म्पले जित्ने प्रक्षेपण गरिएको छ।

  2. फ्लोरिडाले डेमोक्र्याटहरूलाई यो पल्ट पनि पत्याएन

      • Author, एन्टनी जर्चर
      • Role, बीबीसी उत्तर अमेरिका संवाददाता

    फ्लोरिडामा यस पटक पनि डेमोक्र्याटहरूले बहुसङ्ख्यक मतदाताको साथ पाउन सकेनन्।

    उक्त राज्यमा डेमोक्र्याटिक पार्टीका माइकल ब्लुमबर्ग लगायतका धनाढ्य व्यापारीहरूले करोडौँ डलर चुनावी प्रचारप्रसारका क्रममा खर्च गरेर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए। तर त्यहाँ डोनल्ड ट्रम्पले दोस्रो पटक पनि जित हासिल गरेका छन्।

    फ्लोरिडा डोनल्ड ट्रम्पको गृहराज्यजस्तै बन्न पुगेको छ। उनले परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेका स्थानबाट राम्रो नतिजा ल्याउन सके भने जो बाइडनको समर्थन रहेको ठानिने हिस्पानिक मूलका मतदाताहरूबाट समेत उनी आफ्नो पक्षमा मत प्राप्त गर्न सफल रहेका देखिएको छ।

    फ्लोरिडाको जितपछि ट्रम्पले आफ्नो पुन:निर्वाचनका लागि पहिलो ठूलो अवरोध पार गरेका छन्। यसबाट कम्तीमा पनि यो राज्यमा निर्वाचनअघि विभिन्न मत सर्वेक्षणहरूले बाइडनको पक्षमा मतदाताको झुकाव रहेको भनी देखाएका नतिजाहरू पूर्ण रूपमा विश्वसनीय नरहेको देखिएको छ।

    अब ट्रम्पले औद्योगिक “मिडवेस्ट” भनिने राज्यहरूमा अझै पनि आफ्नो प्रभाव कायम रहेको भन्ने देखाउनुपर्नेछ जुन कारणले सन् २०१६ मा उनी राष्ट्रपतिमा निर्वाचित हुन सकेका थिए।

    उनले नोर्थ क्यारलाइना र एरिजोनाजस्ता स्थानमा पनि जित हासिल गर्नुपर्नेछ। त्यहाँ जो बाइडनले पनि इलेक्टरल कलेजमा जित हासिल गर्न सक्ने सम्भावना देखिएको छ।

  3. अमेरिकामा कुन पार्टीले जिते नेपाललाई फाइदा

    अमेरिकी राष्ट्रपतीय चुनावको परिणामले नेपालले खेपिरहेको भूराजनीतिक चुनौतीलाई एउटा दिशा दिन सक्ने बताइएको छ।

    जुनसुकै प्रशासन निर्वाचित भए पनि चीनसम्बन्धी अमेरिकी नीतिमा ठूलो फरक नआउने नेपालका केही अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका ज्ञाताहरूको विचार रहेको छ।

  4. बाइडनको अग्रता कायम

  5. बाइडनको सम्बोधन: 'हामी जितको बाटोमा छौँ'

    डेमोक्र्याटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार तथा भूतपूर्व उपराष्ट्रपति जो बाइडनले डेलावेयर राज्यमा आफ्ना समर्थकहरूलाई केहीबेरअघि सम्बोधन गरेका छन्।

    बाइडनले आफू जितको बाटोमा अघि बढेको आफ्नो विश्वास रहेको बताएका छन्।

    उनले निर्वाचन मत परिणामप्रति आफू आशावादी रहेको पनि बताए।

    उनले डेलावेयरमा बोल्दै निर्वाचनमा आस्था राख्दै आफूहरूको विजय हुने दावी पनि गरे।

    उनले भने,"जबसम्म अन्तिम मतको गणना हुँदैन, तबसम्म यो सकिँदैन।"

    राष्ट्रपति डोनल्ड ट्रम्पले पनि अमेरिकी समयानुसार मङ्गलवार राति नै सम्बोधन गर्ने कार्यक्रम छ।

    उनी ह्वाइट हाउसबाट ४०० सहभागीसहित चुनावी मतगणनाको नतिजा हेरिरहेका छन्।

  6. फ्लोरिडामा ट्रम्पले जित्ने

    नयाँ प्रक्षेपणअनुसार महत्त्वपूर्ण मानिएको फ्लोरिडामा ट्रम्पले जितेका छन्।

    अघिल्लो निर्वाचनमा पनि ट्रम्पले जितेको फ्लोरिडामा २९ इलेक्टोरल मत छ।

    फ्लोरिडामा सन् २००८ र २०१२ को निर्वाचनमा डेमोक्र्याट बाराक ओबामाले जितेका थिए।

    त्यस्तै १८ इलेक्टोरल मत रहेको ओहायो र ४ मत रहेको आइडहोमा ट्रम्पले जित्ने देखिएको छ।

    त्यस्तै १३ इलेक्टोरल मत रहेको भर्जिनियामा बाइडनले जित्ने प्रक्षेपण गरिएको छ।

    यी सबैमा गत निर्वाचनमा पनि दलगत उस्तै नतिजा आएको थियो।

  7. कुनकुन राज्यले निर्वाचनको छिनोफानो गर्छन्?

    अमेरिकामा इलेक्टरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन हुन्छ। सबै राज्यलाई तिनको जनसङ्ख्याका आधारमा केही मत दिइएको हुन्छ।

    यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ। निर्वाचन जित्न उम्मेदवारले २७० मत बटुल्नुपर्छ।

    यो नक्साले सङ्केत गरे जस्तै कडा प्रतिस्पर्धा हुने केही राज्यसँग अन्यत्रभन्दा निर्वाचक मण्डलको धेरै मत हुन्छ। तसर्थ उम्मेदवारहरूले प्रायः ती राज्यमा लामो समय निर्वाचन अभियान चलाउँछन्।

  8. कडा प्रतिस्पर्धा जारी

    नेपाली समयानुसार बुधवार बिहान ११ बजेको अवस्था यस्तो छ:

  9. ट्रम्पले गत चार वर्षमा विश्वलाई पारेको प्रभाव

    अमेरिकाका राष्ट्रपति आफ्नो देशका नेता मात्रै नभई सम्भवतः विश्वकै सर्वाधिक शक्तिमान व्यक्ति हुन्।

    डोनल्ड ट्र्म्पले राष्ट्रपतिका रूपमा गत चार वर्षमा गरेका केही निर्णयहरूको विश्वका धेरै परिदृष्यहरू फेरिएका छन्।

    यो निर्वाचनको नतिजा जे जस्तो भए पनि ट्रम्पले विश्वलाई पारेको प्रभावको चर्चा लामो समय हुनेछ।

    के हुन् त ती प्रभावहरू? यहाँ पढ्नुहोस्

  10. अमेरिकामा अहिलेसम्म कुन दलका कति जना राष्ट्रपति?

    डोनल्ड ट्रम्प अमेरिकाका ४५औँ राष्ट्रपति हुन्।

    अहिलेसम्मका राष्ट्रपतिले प्रतिनिधित्व गरेका राजनीतिक दल यसप्रकार छन्:

    • रिपब्लिकन: १९ जना
    • डेमोक्र्याट: १४ जना
    • डेमोक्र्याटिक-रिपब्लिकन: ४ जना
    • विग: ४ जना
    • फेडेरलिस्ट: २ जना
    • यूनियन: १ जना

    डेमोक्र्याटिक-रिपब्लिकन दल सन् १७९२ देखि सन् १८२५ सम्म सक्रिय थियो।

    डेमोक्र्याटिक-रिपब्लिकन दलको एउटा समूहले निर्माण गरेको विग दल सन् १८३३ देखि सन् १८५६ सम्म सक्रिय थियो।

    रिपब्लिकन दलले सन् १८६४ को निर्वाचनमा गृहयुद्ध हुँदा न्याश्नल यूनियन पार्टीको नाम प्रयोग गरेको र विजयी भएको थियो।

    फेडेरलिस्ट दल अमेरिकाको पहिलो दल थियो रस सन् १८२४ सम्म सक्रिय थियो।

    ग्रोभर क्लीभल्यान्डले दुई फरक कार्यकाल राष्ट्रपति भएका कारण उनलाई २२औँ र २४औँ राष्ट्रपति गनिन्छ। यस हिसाबले अहिलेसम्म अमेरिकाको राष्ट्रपति ४४ जना बनेका छन्।

    तर अहिलेसम्म कुनै महिला पनि राष्ट्रपति बनेका छैनन्।

  11. नतिजामाथि मुद्दा परे के हुन्छ?

  12. कसको कति समर्थक?

    अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अधिकांश स्थानमा मतदान सम्पन्न हुनेबित्तिकै मतदानका बारे विभिन्न पक्षलाई लिएर अनुमानित मत सर्वेक्षण वा एक्जिट पोल गरेर चर्चा हुने गर्छ।

    रोएटर्स समाचारसंस्थाले Research/NEP मार्फत् गरेको एक्जिट पोलमा महिला र पुरुष मतदाताहरूले मतदान गरेका सङ्केत यस्तो देखिएको छ।

    यो मत सर्वेक्षण २० वटा राज्यलाई सन्दर्भका रूपमा लिएर गरिएको थियो।

  13. कडा प्रतिस्पर्धा जारी

    क्यालिफोर्निया, ओरेगन र वाशिङटनको नतिजा बाइडनको पक्षमा जाने प्रक्षेपण गरिएको छ।

    अहिलेसम्मको प्रक्षेपित नतिजामा ट्रम्पले १७ र बाइडनले १४ राज्यमा विजय हात पार्ने देखिएको छ।

    सन् १९९२ देखि डेमोक्र्याट उम्मेदवारले जितेको क्यालिफोर्नियामा ५५ इलेक्टोरल मत छ।

    सन् १९८८ देखि डेमोक्र्याट उम्मेदवारको पक्षमा मतदान गरेको ओरेगन मा पनि बाइडनले जित्ने बताइएको छ।

    छ इलेक्टोरल मत रहेको क्यान्सस र १० इलेक्टोरल मत रहेको मिजुरीमा ट्रम्पले र १० इलेक्टोरल मत रहेको इलिनोईमा बाइडनले जित्ने प्रक्षेपण गरिएको छ।

    अहिलेसम्म देखिएका नतिजाहरूमा सन् २०१६ को भन्दा उल्टो परिणाम आएको छैन।

  14. अमेरिकी राष्ट्रपतीय निर्वाचनको ताजा अवस्था

  15. ट्रम्प अगाडि

    भर्खरै न्यू ह्याम्पसायरमा बाइडनले र लुइजिआनामा ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ।

    न्यू ह्याम्पसायरमा ४ इलेक्टोरल मत र लुजिआनामा ८ इलेक्टोरल मत छ।

    अहिलेसम्मको अवस्थामा ट्रम्पले ९९ र बाइडेनले ९८ इलेक्टोरल मत जितेको प्रक्षेपण गरिएको छ।

    अमेरिकाको राष्ट्रपतिमा विजयी हुनका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ।

  16. महत्वपूर्ण राज्यहरूमा कौतुहलताका साथ मतगणनामाथि नजर

    अमेरिकी निर्वाचनमा मतगणना भैरहँदा पेन्सिल्भेनिआ, मिशिगन, विस्कनसिन र ओहायो राज्यहरूको नतिजा जुनसुकै पक्षमा जानसक्ने गरी मत परिणाम आइरहेका छन्।

    रिपब्लिकनहरूको पकड रहँदै आएको एरिजोना र टेक्ससको नतिजा पनि प्रतिस्पर्धी देखिएको छ। टेक्ससमा बाइडनको जित भएमा त्यो राजनीतिक भूकम्प सरह नै हुनेछ।

    अझ महत्वपूर्ण स्विङ्ग स्टेट भनिएको जोर्जिआ र नोर्थ क्यारलाइनामा कौतुहलताका साथ मतगणना अघि बढिरहेको छ।

    तर यदि राष्ट्रपति ट्रम्पले आफ्नो पुन: निर्वाचनलाई पक्का गर्ने हो भने उनले फ्लोरिडा र पेन्सिलभेनिआमा जित हासिल गर्नै पर्छ।

  17. कहाँ कसले जित्ने देखिएको छ?

    अहिलेसम्म सम्भावित नतिजा देखिएका स्थानहरूको अवस्था यस्तो छ:

    डोनल्ड ट्रम्प अगाडि

    • साउथ क्लारइना (९ इलेक्टोरल मत)
    • आलाबामा (९)
    • नोर्थ डकोटा (३)
    • साउथ डकोटा (३)
    • आर्कन्सो (६)
    • वेस्ट भर्जिनिआ (५)
    • टेनसी (११)
    • केन्टकी (८)
    • इन्डिआना (११)

    जो बाइडेन अगाडि

    • न्यू मेक्सिको (५ इलेक्टोरल मत)
    • कोलराडो (९)
    • कनेटिक (७)
    • न्यूयोर्क (२९)
    • न्यूजर्सी (१४)
    • भर्मोन्ट (३)
  18. फ्लोरिडामा ट्रम्प जितको नजिक

    लगभग सबै मत गणना भैसक्न लाग्दा डोनल्ड ट्रम्पले जो बाइडनलाई निकै महत्वपूर्ण मानिएको फ्लोरिडामा पछाडि पारेका देखिएको छ।

  19. नतिजाले नेपाली मूलका आप्रवासीमा कस्तो प्रभाव

    नेपालमा अमेरिकी चुनावलाई लिएर चासो छँदैछ, त्यसमाथि दशौँ हजार नेपाली मूलका अमेरिकीहरूको निम्ति त यो सोझो चासोको विषय बनेको छ।

    यो निर्वाचनको नतिजाले नेपाली मूलका अमेरिकीहरूलाई के असर गर्छ?

    अमेरिकाको बस्टनस्थित नेपाली पत्रकार नारायण श्रेष्ठ अन्तिम परिणामका सम्भावित असरबारे के भन्छन्?

  20. शताब्दीकै धेरै मतदान, अति विभाजित मतदाता

    शताब्दीकै धेरै मत खसेको ठानिएको अमेरिकी राष्ट्रपतीय चुनावमा मतगणना आरम्भ भएको छ।

    पदासीन राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीचको प्रतिस्पर्धा निकै कडा हुने ठानिएको छ।

    प्रारम्भिक नतिजाले पनि त्यस्तै सङ्केत गरेको छ।