दुई क्षेत्रको समानुपातिक मत गनिँदै
नमस्कार। बीबीसी न्यूज नेपालीको लाइभ पेजमा यहाँहरूलाई स्वागत छ।
गत साता फागुन २१ गते बिहीवार भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका एक अधिकारीका अनुसार अब केही हजार मत मात्र मत गन्न बाँकी छ।
अहिलेसम्म हामीलाई के थाहा छ?
- प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको र आज दिउँसोसम्म सबै मत गनेर सकिने निर्वाचन आयोगले जनाएको छ
- प्रत्यक्षतर्फ सबै १६५ स्थानको परिणाम आइसकेको छ
- एक करोड सात लाखभन्दा बढी समानुपातिक मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजारभन्दा केही बढी मतसहित अग्रस्थानमा छ
- मतगणना सकिएपछि निर्वाचन आयोगले पार्टीहरूलाई समानुपातिकतर्फका ११० सीट बाँडफाँट गर्छ
- प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ ठूलोदेखि सानो क्रमशःरास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्
आज हामी यो लाइभ पेजमा निर्वाचन र मतपरिणामसँग सम्बन्धित जानकारी र समाचार प्रकाशित गर्ने छौँ।
धन्यवाद।
