ताजा विवरणहरूका अनुसार डोनल्ड
ट्रम्पले महत्त्वपूर्ण स्विङ स्टेट नोर्थ क्यारोलाइनामा जित हासिल गर्दै १६ इलेक्टोरल
कलेज मत पाएका छन्।
ट्रम्प अभियानको निम्ति
यो सुखद समाचार हो किनभने यसले उनलाई आवश्यक न्यूनतम २७० इलेक्टोरल कलेज भोट पाउने
मार्ग थप प्रशस्त गर्छ।
तर कडा प्रतिस्पर्धा हुने ठानिएका राज्यमध्ये अधिकांशमा नतिजा यस्तै हुन्छ भन्न सकिने स्थिति छैन। ती सात राज्यको परिणामले उम्मेदवारलाई ह्वाइट हाउस पुग्ने बाटो खोलिदिन्छ।
'रस्ट बेल्ट स्टेट' भनिने विस्कन्सिन, पेन्सिल्भेनिआ र मिशिगन तीनवटै राज्यमा जितिन् भने कमला ह्यारिसले अझै पनि बाजी मार्न सक्छिन्।
रिपब्लिकनहरूका निम्ति
नोर्थ क्यारलाइनाको जित ठूलो हो तर उक्त राज्यमा विगतका चुनावी नतिजाहरूसँग भने यो
प्रवृत्ति मेल खान्छ। सन् २०१६ र सन् २०२० मा पनि यहाँ ट्रम्पले जितेका थिए।
यो राज्य जित्ने पछिल्लो
डेमोक्र्याटिक उम्मेदवार भनेको सन् २००८ मा बराक ओबामा हुन्।