राष्ट्रसङ्घका महासचिव ‘निकै चिन्तित’, झडप ‘चाँडै अन्त्य’ हुने ट्रम्पको आशा

तस्बिर स्रोत, EPA-EFE/REX/SHUTTERSTOCK
भारत र पाकिस्तानबीच चर्किएको सैन्य तनावले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस "निकै चिन्तित" भएको उनका एक प्रवक्ताले जनाएका छन्।
महासचिवले दुवै देशलाई अत्यधिक संयम अपनाउन पनि आह्वान गरेका छन्।
ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले दुई परमाणुशक्तिसम्पन्न छिमेकी देशहरूबीचको द्वन्द्व "चाँडै अन्त्य" हुने आशा राखेको बताए।
चीनले पनि हमलाबाट चिन्तित भएको भन्दै दुवै देशलाई शान्ति र स्थिरतालाई पहिलो प्राथमिकता दिन भनेको छ।

