तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

बालेन शाह विजयी घोषित, रास्वपाले घोषणा गरेबमोजिम भावी प्रधानमन्त्री बन्ने ढोका खुला

फागुन २१ गते भएको मतदानको हालसम्म प्राप्त मतपरिणाममा रास्वपाले अग्रता कायम गरेको छ। बालेन शाह विजयी घोषित हुँदा नेकपा एमालेका केपी ओली निकटतम प्रतिद्वन्द्वी बनेका छन्।

सारांश

  • रास्वपाका उम्मेदवार बालेन्द्र शाह ६८,३४८ मतका साथ झापा ५ बाट विजयी भएका निर्वाचन आयोगले जनाएको छ, दोस्रो स्थानमा रहेका केपी शर्मा ओलीले १८,७३४ मत पाएका छन्
  • प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि अहिले देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतगणना जारी छ
  • प्रत्यक्षतर्फ प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी अधिकांश स्थानमा अगाडि छ, रास्वपाले अहिलेसम्म ७१ स्थानमा जित र ५१ स्थानमा अग्रता लिएको छ
  • दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० स्थान, तेस्रो स्थानको एमालेले ४ र चौथो स्थानको नेकपाले २ पाँचौँ स्थानको राप्रपाले १ स्थानमा जित हासिल गरेका छन्
  • म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन्
  • बिहीवार देशैभरि प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि एकै चरणमा मतदान भएको थियो
  • प्रत्यक्षतर्फ ३,४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
  • केही निर्वाचन क्षेत्रमा प्रत्यक्षको घोषणा पछि समानुपातिकतर्फको पनि मतगणना जारी छ

लाइभ कभरेज

स्वागतम्

नमस्कार। बीबीसी न्यूज नेपालीको लाइभ पेजमा यहाँहरूलाई स्वागत छ।

बिहीवार भएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम आज पनि जारी छ।

आज हामी यो लाइभ पेजमा निर्वाचन र मतगणनासँग सम्बन्धित जानकारी र समाचार प्रकाशित गर्ने छौँ। दिनभर हामीसँगै रहनु होला।