३० वर्षदेखि सगरमाथामा अलपत्र एउटा शव जसले चुचुरोतिर जाने 'बाटो देखाउँँछ'
विगत ३० वर्षदेखि सगरमाथाको शिखरनजिकै मृत्युवरण गरेका एक पर्वतारोहीको शव हिउँमा अलपत्र अवस्थामा छ।
उनले लगाएका जुत्ताको रङ्गका आधारमा पर्वतारोहण क्षेत्रमा अहिले उनलाई 'ग्रीन बूट्स' उपनाम दिइएको छ।
भारत-प्रशासित कश्मीरमा पर्ने लद्दाखका दोर्जे मोरुप सन् १९९६ को मे महिनामा भारतीय टोलीसँगै तिब्बती मोहडाबाट सगरमाथा आरोहण गर्न गएका थिए।
उनी शिखरमा पुग्न त पुगे तर फर्किने क्रममा अरू दुई जनासहित हिमआँधीमा फसे। उनको शव देखा पर्यो तर अन्य दुई जनाको अझै अत्तोपत्तो छैन।
जानकारहरूका अनुसार 'ग्रीन बूट्स' अहिले सगरमाथा चढ्न जानेहरूका लागि बाटो देखाउने 'सङ्केतचिह्न'जस्तै भएको छ।
भारतले उनको पार्थिव अवशेष त्यहाँबाट निकालेर परिवारलाई फिर्ता गराउन सकिन्छ कि भनेर त्यसका लागि उद्धारकर्ताहरूको खोजी थालेको छ।
- सगरमाथामा १०० वर्षदेखि हराइरहेका आरोहीको 'बूट' भेटिएपछि परिवारमा उत्साह
- पाँचथरी शवका पाँचथरी कथा: हिमाली भीरदेखि आफन्तका पीरसम्म
- मानिसहरू किन विश्वको सर्वोच्च शिखर किन चढ्छन्?
- सगरमाथा नेपालको मात्रै कि नेपाल र चीनको साझा
- संसारकै सर्वोच्च शिखर सगरमाथा कति घातक छ
- एड्मन्ड हिलरी र तेन्जिङ नोर्गे 'सामान्य मान्छेका रूपमा गए र विश्वनायकका रूपमा फर्किए'
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



