साङ्लोलाई 'भूपू मायालु'को नाम: 'भ्यालेन्टाइन्स् डे'मा बदला लिने अवसर

भिडिओ क्याप्शन सुरु हुँदैछ,
साङ्लोलाई 'भूपू मायालु'को नाम: 'भ्यालेन्टाइन्स् डे'मा बदला लिने अवसर
Published

संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित एउटा चिडियाखानाले 'भ्यालेन्टाइन्स् डे' अर्थात् प्रणय दिवसका अवसरमा उटपटाङजस्तो लाग्ने एउटा रमाइलो अवधारणा ल्याएको छ।

मानिसहरूले त्यहाँ रहेका जनावरलाई आफ्ना भूतपूर्व प्रेमी वा प्रेमिकाको नाम दिइएका साङ्ला खुवाउन पाउँछन्। त्यसका लागि उनीहरूले केही शुल्क तिर्नुपर्छ।

सान एन्टोनिओ जूका जनावरको पालनपोषणमा सहयोग पुग्ने गरी सञ्चालित रकम सङ्कलन गर्ने यो अभियान अन्लाइन माध्यममा भाइरल बनेको छ। त्यसमा अमेरिकाबाहेक विभिन्न देशका दाताहरू सहभागी भएका छन्।

आफूसँग छुट्टिएका भूतपूर्व प्रेमी वा प्रेमिकासँग अप्रत्यक्ष बदला लिन र आत्मसन्तुष्टि पाउन मानिसहरू यो अभियानमा सहभागी भएका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।