युक्रेनको जङ्गलमा रुसी ड्रोनहरूले छोडेको 'फाइबर-अप्टिक' तारको जालो
युक्रेनको जङ्गलमा रुसी ड्रोनहरूले छोडेको 'फाइबर-अप्टिक' तारको जालो
Published
युक्रेनी सेनाको ५७औँ मोटराइज्ड बिग्रेडले जुलाई ३१ मा एउटा भिडिओ सार्वजनिक गर्दै खार्किभ क्षेत्रको एउटा जङ्गल रुसी ड्रोनहरूले छोडेका फाइबर-अप्टिक तारहरूले ढाकिएको जनाएको छ।
बिग्रेडका अनुसार उक्त भिडिओ भोभ्चान्स्कनजिकैको जङ्गलमा खिचिएको हो।
शत्रुपक्षलाई फाइबर-अप्टिक ड्रोनहरू पत्ता लगाउन र जाम गर्न गाह्रो हुने भएकाले लडाइँको मैदानमा अहिले यिनको प्रयोग तीव्र रूपमा बढेको देखिन्छ।
उड्दा यी ड्रोनहरूले आफू पछाडि कैयौँ किलोमिटर लामो तार छोड्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



