पोखरा विमान दुर्घटनाको एक वर्ष पूरा हुँदा घटनास्थलमा बनाइएको स्मृतिस्तम्भ अगाडि भक्कानिएका आफन्त
गत वर्ष आजकै दिन माघे सङ्क्रान्तिमा पोखरामा भएको यती एअरलाइन्स दुर्घटनाका आफन्त घटनास्थलमा गएर भक्कानिएका छन्।
सेती नदी किनारस्थित उक्त घटनास्थलमा पुगेर आज आफन्तहरूले मृतकको स्मरण गर्दै अरूले यसरी ज्यान गुमाउन नपरोस् भनेका हुन्।
दुर्घटनाको सम्भावित कारण ‘मानवीय त्रुटि’ हुन सक्ने उक्त दुर्घटनाको जाँच गर्न गठित आयोगले जनाएको छ।
दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको थियो।
पोखराबाट कृष्णमणि बरालको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



