भारतमा ड्रोन प्रयोग गरेर किसानमाथि अश्रुग्यास प्रहार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भारतमा ड्रोन प्रयोग गरेर किसानमाथि अश्रुग्यास प्रहार
Published

आन्दोलन टुङ्ग्याएको दुई वर्षपछि भारतीय किसानहरू कृषि उपजले निश्चित मूल्य र बजार पाउनुपर्ने माग राख्दै फेरि सडकमा आएका छन्।

हजारौँ किसानहरू सडकमा विरोधप्रदर्शन गर्दै राजधानी दिल्लीतिर अघि बढिरहेका छन्।

उनीहरूलाई दिल्लीभित्र प्रवेश गर्न नदिन सुरक्षाकर्मीहरूले दिल्लीवरिपरिका सीमानाकाहरू बन्द गरेका छन् भने ठाउँठाउँमा काँडेतार राखेका छन्।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले ड्रोनबाट अश्रुग्यास पनि प्रहार गरेको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।