'पाँच-पाँच मिनेटमा फेरिन्छन्': वृद्धाश्रममा जब बर्नमले आफू नयाँ प्रधानमन्त्री भएको बताए

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'पाँच-पाँच मिनेटमा फेरिन्छन्': वृद्धाश्रममा जब बर्नमले आफू नयाँ प्रधानमन्त्री भएको बताए
Published

एउटा वृद्धाश्रमको भ्रमणमा गएका यूकेका प्रधानमन्त्री एन्डी बर्नमलाई त्यहाँ बस्ने एक वृद्धले उनी स्थानीय उम्मेदवार हुन कि भनेर सोधे।

उत्तर दिँदै बर्नमले आफू देशको नयाँ प्रधानमन्त्री भएको स्पष्ट पारे।

ती वृद्धले फेरि प्रधानमन्त्री फेरिएको थाहा पाएपछि टिप्पणी गरे, "उनीहरू पाँच-पाँच मिनेटमा फेरिन्छन्।"

बर्नम ग्रेटर म्यान्चेस्टरका पूर्वमेयर हुन्। उनी पाँच वर्षमा यूकेको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुन्।

उनी किअर स्टार्मरको राजीनामापछि लेबर पार्टीका नयाँ नेता निर्वाचित भएका थिए। उनलाई जुलाई २० मा राजा चार्ल्स तृतीयले प्रधानमन्त्री नियुक्त गरेका हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।