तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हतपत नदेखिने जङ्गली बिरालोको दुर्लभ दृश्य
प्रकृति अन्वेषक माजिद बातेबीले इरानको माजन्दरान प्रान्तस्थित लारिजानको नावा उच्चपहाडी क्षेत्रमा दुर्लभ जातको 'पालस' बिरालोको भिडिओ सार्वजनिक गरेका छन्।
यो बिरालो लजालु हुन्छ र जङ्गलमा पनि हतपत देखिँदैन। तर बातेबीले राखेको 'क्यामरा ट्र्याप'ले अगाडि आएको एउटा बिरालोको भिडिओ खिचेको छ।
मध्यएशियामा पाइने पालस बिरालो घरपालुवा बिरालोभन्दा केही ठूलो हुन्छ। यसको शरीर झन्डै ६० सेन्टिमिटर लामो हुन्छ भने पुच्छर चाहिँ २५ सेन्टिमिटरजतिको हुन्छ। यसको तौल झन्डै ३.५ किलोग्राम हुन्छ।
इरान यो प्रजातिको बिरालो बस्ने क्षेत्रको पश्चिमी सीमामा अवस्थित छ। यो बिरालो बेलाबेलामा पूर्वोत्तर इरानमा देखा पर्ने गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।