हिपोले लखेट्दा डुङ्गामा रहेका पर्यटक 'तर्सिए'

हिपोले लखेट्दा डुङ्गामा रहेका पर्यटक 'तर्सिए'
Published

दक्षिणी अफ्रिकाको बोट्स्वानामा एउटा हिपो (जलगैँडा)ले लखेट्दा डुङ्गामा जलविहार गरिरहेका पर्यटकहरू तर्सिएका छन्।

हिपोलाई देख्नेबित्तिकै उसलाई कुनै अवरोध नहोस् भनेर उनीहरूले डुङ्गाको गति कम गरे पनि त्यो प्रयास सफल हुन सकेन।

यो भिडिओ खिच्ने यात्रुले यो घटना आफ्नो जीवनकै सबैभन्दा त्रासद क्षण भएको बताएका छन्।

पछि ती पर्यटक तथा तिनका पथप्रदर्शक त्यहाँबाट सुरक्षित रूपमा भागे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।