स्टारबक्सको तातो चिया जीउमा पोखिँदा ५ करोड डलर क्षतिपूर्ति

भिडिओ क्याप्शन सुरु हुँदैछ,
स्टारबक्सको तातो चिया जीउमा पोखिँदा ५ करोड डलर क्षतिपूर्ति
Published

संयुक्त राज्य अमेरिकाको लस एन्जलिसस्थित एउटा स्थानीय अदालतका न्यायाधीशले स्टारबक्सका कर्मचारीको हातबाट तातो चिया पोखिँदा शरीरमा गम्भीर जलन भएका व्यक्तिलाई पाँच करोड डलर क्षतिपूर्ति दिन आदेश गरेका छन्।

पीडित व्यक्तिको नाम माइकल गार्सिया हो र उनी डेलिभरी ड्राइभर हुन्। सन् २०२० को फेब्रुअरीमा भएको घटनामा उनको गुप्ताङ्ग भएको भाग निको नहुने गरी "अङ्गभङ्ग" भएको थियो।

अदालतले त्यसका लागि स्टारबक्स जिम्मेवार रहेको ठहर गर्दै उनलाई क्षतिपूर्ति दिने आदेश दियो। तर स्टारबक्स कम्पनीले क्षतिपूर्तिको रकम धेरै भएको भन्दै पुनरावेदन गर्ने जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।