विश्वका सबैभन्दा अग्ली र होची महिलाको रोचक भेट
विश्वका सबैभन्दा अग्ली र होची महिलाको रोचक भेट
Published
हालै विश्वकी सबैभन्दा अग्ली महिला र सबैभन्दा होची महिलाको गिनिस वर्ल्ड रेकर्ड्स दिवसका अवसरमा लन्डनमा भेटघाट भयो।
टर्कीकी रुमेसा गेल्गी २१५.१६ सेन्टिमिटर (७ फिट ७ इन्च) अग्ली छिन्। उनी अनुसन्धानमा संलग्न छिन्। भारतकी ज्योति आम्गे ६२.८ सेन्टिमिटर (२ फिट ७ इन्च) अग्ली छिन्। उनी कलाकार हुन्।
ज्योतिभन्दा रुमेसा पाँच फिट अग्ली छिन्। यी दुई महिला एकअर्कासँग भेट्न पाउँदा निकै खुसी देखिन्थे।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



