बाल्टिमोरमा पुल भत्काउने गरी ठोकिएको पानीजहाज २ महिनापछि निकालियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाल्टिमोरमा पुल भत्काउने गरी ठोकिएको पानीजहाज २ महिनापछि निकालियो
Published

अमेरिकाको बाल्टिमोरस्थित एउटा पुलमा दुर्घटनामा परेको पानीजहाज झन्डै दुई महिनापछि निकालिएको छ।

'टग्बोट' प्रयोग गरेर 'डाली' नामक उक्त जहाजलाई 'फ्रान्सिस स्कट की ब्रिज'बाट निकालिएको हो।

गत २६ मार्चमा यो जहाज ठोकिँदा उक्त पुल भत्किएको थियो। त्यस क्रममा छ जना निर्माण कामदारको मृत्यु भएको थियो।

गत साता उक्त जहाजमा अड्किएको पुलको केही अंश निकालिएको थियो। त्यसपछि मात्र जहाज निकाल्न सम्भव भएको हो।

अब यो पुलको पुनर्निर्माणका लागि चार वर्षभन्दा बढी समय लाग्ने बताइएको छ।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।