अफगानिस्तानमा विरोधप्रदर्शन गर्ने महिलामाथि गोली

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अफगानिस्तानमा विरोधप्रदर्शन गर्ने महिलामाथि गोली
Published

अफगानिस्तानमा दुर्लभ विरोधप्रदर्शनमा सहभागी महिलामाथि तालिबानद्वारा गोली प्रहार भएको छ।

पोसाकसम्बन्धी कडा इस्लामिक नियम उल्लङ्घन गरेको आरोप लागेका महिलाहरूलाई तालिबानले पक्राउ गर्न थालेको समाचार आएको केही दिनमा हेरातमा सडकमा विरोधप्रदर्शन सुरु भयो।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्न तालिबानले गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताए।

स्वास्थ्यकर्मीले दुई जनाको ज्यान गएको बताएका छन्। हेरात प्रहरीले कसैको ज्यान नगएको दाबी गरेको छ।

बीबीसीले यो विवरणको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।