एकै ठाउँमा ४०० चराका गुँड
चितवनको भरतपुर महानगरपालिकामा रहेको बाटुलीपोखरीमा यतिखेर चराका गुँडैगुँड देख्न सकिन्छ।
पोखरीवरिपरि रहेका सुकेका रूखमा घुँगीफोर गरुड चराले गुँड लगाएर बच्चा हुर्काइरहेको दृश्य निकै मनमोहक देखिन्छ।
खेतबारीमा अत्यधिक विषादी र रासायनिक पदार्थ वा मल प्रयोग गरिएका घुँगीफोरको मुख्य आहारा चिप्लेकिरा, भ्यागुता र साना सर्पको सङ्ख्या घट्दै जाँदा यी चरा पनि समस्यामा परेको चरा विज्ञहरू बताउँछन्।
तर बाटुलीपोखरीमा गत वर्ष पनि सयभन्दा बढी चराले गुँड बनाएका र यसपटक त चारसयले गुँड बनाएर बचेरा हुर्काइरहेका कारण यी चराको सङ्ख्या बढ्ने देखिएको भन्दै उनीहरूले खुशी व्यक्त गरेका छन्।
भिडिओ : ईश्वर जोशी
सम्पादन : विजय गजमेर
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



