सात ग्रहको दुर्लभ भेला, औँसीको रातमा अझ राम्रो देखिने

भिडिओ क्याप्शन सुरु हुँदैछ, सात ग्रहको दुर्लभ भेला, औँसीको रातमा अझ राम्रो देखिने
सात ग्रहको दुर्लभ भेला, औँसीको रातमा अझ राम्रो देखिने
Published

गत पौष महिनादेखि आकाशमा छवटा ग्रह देखिँदै आएका छन्। अब फागुन १६ गते सातौँ ग्रह बुध एक रातका लागि उक्त दुर्लभ भेलामा सहभागी हुँदै छ।

ग्रहहरू धनुषको घेराको आकार बनाएर आकाशमा देखा पर्ने छन्। मौसम बिग्रिएन भने पाँच वटालाई खाली आँखाले देख्न सकिने छ भने दुइटा हेर्न चाहिँ दूरबिन चाहिन्छ।

औँसीको रात भएकाले उक्त दिन ग्रहहरू स्पष्ट र अझ चम्किला देखिने छन्।

वैज्ञानिकहरूले यसलाई "जीवनमा एक पटक मात्र देख्न पाइने दुर्लभ घटना" भनेका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।