विमान दुर्घटनामा मृत्यु भएका सबै नेपालीको शव हस्तान्तरण
काठमाण्डू विमानस्थलमा बुधवार भएको सौर्य एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका सबै नेपाली नागरिका परिवारका सदस्यहरूले मृतकको शव बुझेका छन्।
एक जना यमनी नागरिक आरेफ रेडाको मात्रै शव बुझ्न बाँकी रहेको काठमाण्डूको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले बताएका छन्।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले पनि एक जना विदेशीको बाहेक सबै मृतकको शव आफन्तले बुझेको जानकारी दिए।
डा चौधरीका अनुसार धेरै जनाको मृत्यु एकै पटक हुने खालका दुर्घटनामा मृतकको पहिचानमा धेरै समय लाग्ने हुनाले शव हस्तान्तरणमा समय लाग्न सक्छ।
अन्य शारीरिक चिह्नहरूबाट मृतकको पहिचान हुन नसकेकामा शव पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने र त्यसका लागि दुई हप्तासम्म लाग्न सक्ने उनले बताए।
तर बुधवारको विमान दुर्घटनामा परेका कसैको पनि डीएनए परीक्षण गर्नुपर्ने नदेखिएपछि अधिकांश शव हस्तान्तरण शनिवारसम्म सकियो।
शवपरीक्षण तथा पहिचानको प्रक्रिया र लाग्ने समयबारे डा. चौधरीसँग कुरा गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















