तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बिहे हुने प्रलोभनमा परेर ठगिँदै छन् चिनियाँ पुरुषहरू
चीनमा अविवाहित पुरुषहरूलाई बिहे गर्न बेहुली खोजिदिने भन्दै खुलेका केही एजेन्सीहरूले ठगीधन्दा चलाउने गरेको खुलेको छ।
त्यस्ता एजेन्सीहरूले ग्राहकहरूलाई महिलाहरूसँग भेट गराइदिने र छोटो भेटपछि नै बिहे हुन सक्ने प्रलोभन दिने गरेका छन्।
कतिपय अवस्थामा त्यस्ता "नवविवाहिता" महिलाहरूले बेहुलाबाट सौगातस्वरूप पाएको ठूलो रकम लिएर भाग्ने गरेका छन्। त्यसबाहेक पुरुषहरूले ती लमी वा एजेन्सीहरूलाई पनि शुल्क बुझाउनुपर्छ।
त्यस्ता एजेन्सीबाट भेट हुने महिलाहरू सधैँ देखिए जस्ता वा भनिए जस्ता हुँदैनन्। कतिपयको पहिल्यै धेरै पटक विवाह भइसकेको र बालबच्चा समेत हुने गरेको पाइन्छ।
यो समस्या चीनको विवादास्पद 'एक सन्तान नीति'का कारण उत्पन्न सङ्कटको एउटा सङ्केत हो।
छोरा पाउनुपर्छ भन्ने सामाजिक चाहनाका कारण चीनमा अहिले महिलाभन्दा पुरुषको जनसङ्ख्या झन्डै तीन करोडले बढी छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।