तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनले अबदेखि एक दम्पतीलाई तीन बच्चा जन्माउन दिने
चीनले दुई सन्तान मात्रै जन्माउन पाउने कडा नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको छ।
सिन्ह्वा समाचार संस्थाका अनुसार सोमवार पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले सो नीतिलाई स्वीकृत गरेका थिए।
सो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही दशकमै सबैभन्दा कम भएको पाइएपछि गरिएको हो।
सो जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको थियो।
यो महिनाको सुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो। यो सङ्ख्या सन् २०१६ को एक करोड ८० लाखभन्दा कम हो र सन् १९६० को दशकयता सबैभन्दा कम हो।
सो नतिजा सार्वजनिक भएपछि चीनले परिवार नीति नियमलाई सहज बनाउने अपेक्षा गरिएको थियो।
चीनमा सन् १९८० देखि सन् २०१५ सम्म एक जोडीले एक जना बच्चामात्रै जन्माउन पाउने नीति थियो र सन् २०१६ को सुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने गरिएको थियो।