१२ वर्षीय मयङ्कले 'केबीसी'मा कसरी जिते भारु एक करोड

भिडिओ क्याप्शन सुरु हुँदैछ,
१२ वर्षीय मयङ्कले 'केबीसी'मा कसरी जिते भारु एक करोड
Published

महिन्दरगढ हरियाणाका १२ वर्षीय मयङ्कले 'कौन बनेगा करोडपति जूनिअर' मा भारु एक करोड जितेका छन्।

उनको उमेरका अरू कसैले यो खेलमा यति रकम जितेका छैनन्। पन्जाबी गीतहरू सुन्न असाध्यै मन पराउने यी बालक कक्षा आठमा पढ्छन्। मयङ्कका अनुसार उनले यो खेलका लागि दुई-तीन महिनादेखि तयारी गरिरहेका थिए।

"यो मेरो पहिलो प्रयास थियो। मेरा आमाबुवा मेरो प्रेरणाका स्रोत हुन्। केबीसी पनि प्रेरणादायी मञ्च हो," उनले बीबीसीलाई भने।

मयङ्कका बुवा दिल्ली प्रहरीमा छन्।

मयङ्क १८ वर्ष भएपछि मात्र पुरस्कारको रकम पाउने छन्।

एक करोड जित्ने मयङ्क सबैभन्दा कान्छा सहभागी हुन् र उनी रोबटिक इन्जिनियर बन्न चाहन्छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।