फ्लाई दुबईको विमानमा चरा ठोक्किएको दाबी नेपालद्वारा 'अस्वीकार'

भिडिओ क्याप्शन सुरु हुँदैछ, फ्लाई दुबईको विमानमा चरा ठोक्किएको दाबी नेपालद्वारा 'अस्वीकार'
Published

सोमवार साँझ काठमाण्डूबाट उडेको फ्लाई दुबईको FDZ576 विमानमा चरा ठोक्किएको भनाइलाई नेपाली नागरिक उड्डयन अधिकारीले अस्वीकार गरेका छन्।

फ्लाई दुबईको जहाज उडेलगत्तै ठूलो आवाजसहित आगो लागेको जस्तो देखिएको थियो र चरा ठोक्किएका कारण उक्त घटना भएको अनुमान गरिएको थियो।

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले चरा ठोक्किएको कुनै तथ्य फेला नपरेको बीबीसीलाई बताएका छन्।

सोमवारको घटनापश्चात् विमानस्थलको धावनमार्गमा निरीक्षण गर्ने क्रममा एउटा सानो प्रजातिको चरा भेटिएको भए पनि उक्त चरा पछिल्लो घटनासँग सम्बन्धित नभएको उनले बताए।

विमानका पाइलटले जहाजको दायाँ भागको इन्जिनमा समस्या देखिएको एअर ट्राफिक कन्ट्रोलर(एटीसी) लाई जानकारी गराएका थिए।

पछि पाइलटले जहाज आकस्मिक अवतरण नगरी उडाउन मिल्ने आकलन गरेपछि जहाज पूर्वनिर्धारित तालिकाअनुसार नै गन्तव्यमा पुगेको थियो।

विमानस्थलमा चरा धपाउन आधुनिक उपकरणसहित नेपाली सेनाको सिकारी टोली परिचालन गरिँदै आएको छ।

यसैबीच चरा ठोक्किएको भनेर "भ्रमपूर्ण समाचार फैलाएको" भन्दै फ्लाई दुबईका नेपाल प्रबन्धक र विमानस्थल प्रबन्धकलाई विमानस्थल प्रवेशमा रोक लगाइएको र उनीहरूको पास समेत निष्क्रिय पारिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।

अनि यो पनि