पोखरा विमान दुर्घटनाः अझै ६ जनाको शव पहिचान हुन बाँकी, आफन्त भन्छन् 'छिटो अन्तिम संस्कार गर्न पाऔँ'
यती एअरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका केही यात्रुका आफन्तहरूले शव पहिचान हुन नसक्दा अन्तिम संस्कार गर्न नपाएको दुखेसो व्यक्त गरेका छन्।
दुर्घटनामा ज्यान गुमाएकामध्ये छ जनाको शव पहिचान हुन नसकेपछि डीएनए परीक्षणका लागि सङ्कलित नमुना केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।
परीक्षण र पहिचानमा संलग्न विज्ञहरूका अनुसार शरीर डढेको र अङ्गभङ्ग भएकाले शवका आधारमा मृतकको पहिचान गर्न नसकिएको हो।
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागले डीएनए परीक्षणको परिणाम र त्यसका आधारमा मानिस चिन्न समय लाग्ने भएकाले धैर्य गर्न आग्रह गरेको छ।
गत साता पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा चालकदलका सदस्यसहित सबै ७२ जनाको मृत्यु भएको ठानिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले ७१ जनाको शव वा शरीरको अवशेष फेला परेका छ। तर एक जनाको अवस्था अज्ञात छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि
- पोखरा विमान दुर्घटनाः यती एअरलाइन्स विमानको 'ब्ल्याक बक्स' सिङ्गापुर पठाइने, जाँचबुझ आयोगले अरू के गर्दैछ - BBC News नेपाली
- के मोबाइल फोन वा चट्याङका कारण विमान दुर्घटना हुन्छ?
- नेपालमा बारम्बार घातक विमान दुर्घटना, नेपाली आकाश कति सुरक्षित
- पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका केही व्यक्तिहरू यी हुन्
- ’१३ वर्षको उद्धारकार्यमा मैले यस्तो घटना पहिलो पटक देखेँ’
- दुर्घटनामा पर्नुअघि विमानले 'अवतरण गर्ने दिशा फेरेको थियो'
- पोखरामा दुर्घटना हुनुअघि विमानभित्रबाट फेसबुक लाइभ गर्ने यी व्यक्ति को हुन्
- ब्ल्याक बक्सले कसरी विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ