थाई सेनाको पानीजहाज यसरी डुब्यो समुद्रमा, २९ जना अझै बेपत्ता
थाई जलसेनाले गल्फ अफ थाईल्यान्डमा आँधीहुरी चल्दा आफ्नो एउटा युद्धपोत समुद्रमा डुबेको जनाएको छ।
गस्ती गर्न निस्किएको एचटीएमएस सुखोथाई नामक उक्त जहाजमा १०५ नाविक थिए।
सोमवारसम्म ७६ जनाको उद्धार गरिएको भए पनि २९ जना अरू अझै हराइरहेको थाई जलसेनाले जनाएको छ। जीवित फेला परेकामध्ये केही अचेत अवस्थामा थिए।
हराइरहेका नाविकहरूको खोजी कार्य जारी छ।
समुद्रको पानीले उक्त जहाजको विद्युत् आपूर्ति गर्ने प्रणाली डुबाएपछि सो दुर्घटना भएको बताइएको छ।
जलसेनाले उक्त घटनाबारे अनुसन्धान गरिने बताएको छ।

तस्बिर स्रोत, THAI NAVY/TWITTER

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock via The Royal Thai Navy H
जलसेनाद्वारा ट्विटरमा प्रेषित भिडिओमा उद्धार गरिएका मानिसको उपचार भइरहेको देखिन्छ।
अरू तस्बिरमा सुखोथाईबाट हाम फालेर सानो डुङ्गामा चढेका नाविकहरू देखिन्छन्।
नाम उल्लेख नगरिएका एकजनाले उद्धार गरिनुअघि आफूले समुद्रमा घण्टौँ व्यतीत गरेको बताएका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- खाल्डोमा खसेका छावा र माउ हात्तीको यसरी भयो उद्धार
- थाईल्यान्डमा गाँजा खेती र कारोबारलाई कानुनी बनाइनुका कारण
- थाई प्रधानमन्त्रीले जब सञ्चारकर्मीमाथि स्यानिटाइजर छर्किदिए
- सडक दुर्घटनामा परेको हात्तीको बच्चालाई 'सीपीआर'
- थाइल्यान्डका प्रधानमन्त्रीलाई निलम्बन गर्न अदालतको आदेश
- 'भाइ बेपत्ता भएपछि मेरो जीवन बदलियो'