दशैँ: विदेशमा बस्ने नेपालीका दु:ख- कसैको छुट्टी छैन, कसैका आफन्त छैनन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, दशैँ: विदेशमा बस्ने नेपालीलाई कसैका छुट्टी छैन, कसैका आफन्त
Published

अध्ययन, रोजगारी वा अन्य सिलसिलामा देशबाहिर रहेका नेपालीहरूले कामको अनुकूलता र सम्भव भएसम्म आफन्त तथा साथीभाइसँग रमाइलो गरेर दशैँ मनाउने गरेको बताएका छन्।

दशैँको उत्सवमा नेपालमा आफन्तजन रमाइरहँदा आफूहरू बाध्यतावश आफू रहेको स्थानमा दशैँ मनाउनुपरेको उनीहरूले बताए।

तर गाउँघरको जमघट, आफन्तजनबीचको रमाइलो, तास खेल्ने तथा खानपान भने विदेशमा निकै खट्किने बताउँदै उनीहरूले खिन्नता व्यक्त गरे।

ब्रिटेन, अस्ट्रेलिया, कतार, केन्या तथा डेनमार्कमा रहेका केही नेपालीहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडियो हेर्नुहोस्।

अनि यो पनि।