विश्व अल्छीपन दिवस: 'अल्छीपन प्रगतिको इन्जिन हो'
Published
सन् १९८५ देखि कोलम्बियाका नागरिकहरूले विश्व अल्छी दिवस मनाउँदै आएका छन्।
उनीहरू मेडेयिनको दक्षिणमा रहेको इटागुइ नगरपालिकामा कला र संस्कृति पर्वको अन्तिम दिन खाटमा बसेर परेड खेल्छन्।
आयोजकहरू आधुनिक विश्वमा सुस्ताउन तथा कला, संस्कृति जगेर्ना गर्न सिक्नुपर्ने विश्वास गर्छन्।