नेपाल निर्वाचन: 'एउटै मतपत्र गणना गर्न दुई देखि २० मिनेट'

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल निर्वाचन: 'एउटै मतपत्र गणना गर्न दुई देखि २० मिनेटसम्म'
Published

मतपत्रमा धेरै सङ्ख्यामा रहेका चुनाव चिन्ह, उम्मेदवारका प्रतिनिधिबीचको सदर कि बदर जस्ता विवादका कारण स्थानीय निर्वाचनको मतगणनामा चुनौती थपिएको एक जना निर्वाचन अधिकारीले बताएका छन्।

काठमाण्डू महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलका अनुसार 'एउटै मतपत्र गणना गर्न दुई देखि २० मिनेटसम्म' लागेको छ।

उम्मेदवार धेरै भएकोले प्रतिनिधिहरूको सङ्ख्या पनि बढेको र त्यसै अनुसार समय लागेको उनको भनाइ छ।

निर्वाचन आयोगले यस पटक स्थानीय तह निर्वाचनको मतगणना पाँच दिनमा सक्ने बताएको थियो।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: