नेपाल स्थानीय निर्वाचन २०७९: छैटौँ पटक म्यादी प्रहरी बन्ने प्रतीक्षामा ५१ वर्षीय शिव राउत
Published
आसन्न स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा छैटौँ पटक भर्ना हुन पाउनेमा कीर्तिपुरका ५१ वर्षीय कृषक शिव राउत ढुक्क देखिन्छन्।
झन्डै ४० दिनको जागिर खान आवेदन दिएका उनी २०४८ सालदेखि विभिन्न निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा खटिँदै आएका छन्।
सुरुमा प्रहरीमा जागिर खाने रहरले म्यादीमा भर्ना भएका उनी उमेरका कारणले म्यादी प्रहरी बन्ने आफ्नो लागि यो अन्तिम मौका भएकोमा चिन्तित छन्।
एक लाख म्यादी प्रहरी छनोट गर्ने प्रक्रिया आरम्भ भएको र केही दिनमा अन्तिम नतिजा प्रकाशन गर्ने नेपाल प्रहरीले जनाएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि