गगन थापाः नेपाली कांग्रेसका महामन्त्रीलाई प्रश्न - चुनावमा पार्टी एक्लै जान्छ कि अन्य दलसँग तालमेल हुन्छ?

अडिओ क्याप्शन सुरु हुँदैछ, गगन थापालाई प्रश्नः कांग्रेस चुनावमा एक्लै जान्छ कि अन्य दलसँग तालमेल हुन्छ
Published

स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरूबीच चुनावी तालमेलबारे छलफल भइरहेका छन्।

सत्तारूढ गठबन्धनभित्रका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी दलका अध्यक्षहरूबीच आसन्न निर्वाचनमा तालमेल गर्ने विषयमा कुराकानी भएको खबर आएको छ। विपक्षमा रहेको एमालेका एक नेताले चुनावअघि वाम एकता हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्।

विगतदेखि नै चुनावका बेला क्षेत्र हेरेर चुनावी तालमेल गर्ने अभ्यास हुँदै आएको देखिन्छ।

राजनीतिक टिप्पणीकारहरूले भने सरकार बनाउँदा पनि गठबन्धन गर्ने अनि चुनावमा जाँदा पनि दलहरू मिलेर चुनावमा जाने दलहरूको प्रवृत्तिको विरोध गर्ने गरेका छन्।

अहिले चुनाव आउन सात हप्ताजति बाँकी रहँदा ठूलादेखि साना दलहरू कुनै निष्कर्षमा नपुगे पनि चुनावमा तालमेल गरेर अघि बढ्ने धारणा राख्दै आएका छन्।

यसै सन्दर्भमा साप्ताहिक नेपाल सन्दर्भका लागि हामीले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी सुन्न माथिको प्लेबटनमा थिच्नुहोस्।

अनि यो पनि