'प्याडम्यान' ज्ञानरत्न महर्जन: ‘अरूले के-के बनाउँछन्, तिमी चाहिँ प्याड बनाएर बस्छौ भनेर उडाउँथे'

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘सबले दुनियाँ बनाउन थालिसके, तिमी चाहिँ प्याड बनाएर बस्छौ’ भनेर 'प्याडम्यान' लाई उडाउँथे।
Published

ललितपुर भैँसेपाटीका ४५ वर्षीय ज्ञानरत्न महर्जनले महिनावारी हुने सबै महिलाको सहज पहुँचमा 'प्याड' पुर्‍याउने उद्देश्य राखेका छन्। उनी स्वच्छ तथा मर्यादित महिनावारीबारे जनचेतना जगाउनु पर्छ भन्नेमा पनि विश्वास राख्छन्।

'प्याडम्यान' उपनामले चिनिएका उनी महिलाहरूले महिनावारीका समयमा प्रयोग गर्न सस्तो र पुनः प्रयोग गर्न मिल्ने खालको प्याड उत्पादन गर्ने काममा लागेका छन्। साथै हालसम्म देशभरिका झन्डै ४,७०० महिलालाई पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तालिम दिएको उनी बताउँछन्।

पहिले साथीहरूले आफूलाई 'प्याड बनाएर बस् भनेर' गिज्याउने गरेको अनुभव भोगेका महर्जनले महिनावारीलाई मर्यादित बनाउन पुरुषको भूमिका पनि महत्त्वपूर्ण हुने बताएका छन्।

सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ।